काठमाण्डौं, जेष्ठ १६
अहिलेको सरकारले संविधानसभाको नयाँ
निर्वाचनको घोषणा गरेपछिको राजनीतिक घटनाक्रमको बारेमा समीक्षा गर्न नेकपा
एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ । पार्टी कार्यालय बल्खुमा आज
बिहानदेखि जारी बैठकमा संविधानसभाको निर्वाचन, प्रधानमन्त्रीको कदमको
बारेमा छलफल भइरहेको एमाले सचिव शङ्कर पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो ।
सचिव पोखरेलका अनुसार बैठकमा सरकारले चालेको कदम गलत भएको भन्नेमा
नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् ।