चितवन , ३ जेठ-
चितवनका विभित्र चार विद्यार्थी सङ्गठनले एक सातादेखि गरेको निजी विद्यालयको शैक्षिक हड्ताल फिर्ता लिएको छ ।
चितवनका विभित्र चार विद्यार्थी सङ्गठनले एक सातादेखि गरेको निजी विद्यालयको शैक्षिक हड्ताल फिर्ता लिएको छ ।
चितवनका विभित्र चार विद्यार्थी सङ्गठनले
एक सातादेखि गरेको निजी विद्यालयको शैक्षिक हड्ताल फिर्ता लिएको छ
। प्याब्सन, विद्यार्थी सङ्गठन, अभिभावक र शिक्षा कार्यालयबीच भएको
वार्तामा सहमति जुटेपछि आन्दोलन फिर्ता लिएको र आजैबाट विद्यालय खुल्ने
भएको छ । विद्यार्थी नेता निरज भट्टले १९ प्रतिशत मात्र शुल्क वृद्धि गर्ने
सहमति भएपछि हड्ताल फिर्ता लिएकोे बताउनुभयो । यसअघि २३ प्रतिशत शुल्क
बढाएको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । एक महिनादेखि स्कुलको
प्रशासन र प्राचार्यको कार्यकक्षमा लगाएको तालासमेत खुलाउने सहमति भएको
विद्यार्थी रुद्र भट्टराईले बताउनुभयो । बन्दका कारण यहाँका १६५ वटा निजी
विद्यालयका विद्यार्थी प्रभावित भएका थिए । प्याब्सन चितवनका अध्यक्ष
वेलबहादुर गुरुङले सहमति भएकाले अब नियमित हुने जानकारी दिनुभयो ।