जागेश्वर यादव, सिरहा, जेष्ठ १७
सिरहामा अधिकाशं होटल रेष्टुराहरु विना दर्ता संचालन गरिरहेको रहस्य खुलेको । सिरहाको लाहन, सिरहा, मिर्चैयालगायत प्रमुख बजारहरुमा अवैध तरिकाले रेष्टुरेष्ट र होटल संचालन भइरहेको खुलासा भएको छ । होटल अबेर रातिसम्म संचालन गरेर अधिकाशं रेष्टुरेष्टमा मोटो रकम लिई अवैध धन्दा गराइरहेको सार्वजानिक भएको छ । यसअघि सिरहाका तत्कालिन प्रहरी प्रमुख विकास श्रेष्ठले सम्पुर्ण अवैध काम गराउने होटल र रेष्टुरेष्टमा छापा मारी ताला बन्दि गर्नु भएको थियो । हाल केही दिनदेखि फेरी सिरहामा अवैध धन्दा गराउने होटलको संख्यामा बृद्धि भएको छ । नेपाल सरकारले अवैध धन्दा गर्ने रेष्टुरेष्ट र होटल विना दर्ता भएकोलाई संचालनमा रोक लगाउदै आए पनि सिरहामा भने प्रहरी प्रशासनकै आरक्षणमा अवैध रेष्टुरेष्ट र होटल संचालनमा आएको छ । यसै सन्र्दमा सिरहाका प्रहरी प्रमुख राजेशलाल कर्णका अनुसार त्यस्तो अवैध काम गर्ने होटल, रेष्टुरेष्ट र जोकोहीलाई पनि कारबाही गर्ने भनि बताएपनि हालसम्म कुनै क्षेत्रलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।