काठमाडौं,
वैशाख २८ -क्षत्री,बाह्मण, दसनामी, ठकुरी र दलित सम्मिलित संयुक्त संघर्ष
समितिले गरेको नेपाल बन्दको प्रभाबआज बिहानै देखि चितवनमा परेको छ ।
क्षत्री,बाह्मण,दसनामी, ठकुरी र दलितलाई अब बन्ने नया सबिधानमा आदिबासीको
रुपमा सुनिश्चित गराउनु पर्ने,अखण्ड नेपाल कायम हुनु पर्ने लगाएतका मागहरु
राख्दै समितिले आज र भोली दुई दिनका लागि नेपाल बन्दको आब्हान गरेको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका कुनै
पनि सवारीका साधनहरु चलेका छैनन । नारायणगढ, भरतपुर ,आपटारी, टाडी, पर्सा,
भण्डारा लगाएतका क्षेत्रमा आज बिहानैबाट बन्दकर्ताहरु सडकमा आएर बन्द सफल
बनाउन लागिरहेका छन । बन्दका क्रममा प्रेस एम्बुलेन्स, कुटनैतिक नियोग,
मानबअधिकारकर्मीपरिक्षामा सहभागी हुने बिद्यार्थी लगाएतका सवारीका साधनहरु
भने सुचारु भएका छन