काठमाडौ, वैशाख २२ -
जनकपुर बम काण्डमा गम्भीर घाइते भएका दिपेन्द्र दासको निधन भएको छ । उनको
निधनसंगै उक्त बम विष्फोटमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको अवस्थामा दासको बिहीबार अबेर
राति निधन भएको हो ।
जनपुर रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै भइरहेको शान्तिपूर्ण धर्नामा बसेका बेला बैशाख १८ गते भएको विष्फोटमा दास घाइते भएका थिए । उक्त घट्नामा त्यसदिन चार जनाको निधन भएको थियो ।
शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको दासलाई एयर एम्बुलेन्सबाट दिल्ली लग्ने भनिएपनि लगिएको थिएन । सरकारले उक्त घट्नामा यसअघि मृत्यु भएका चार जनालाई शहिद र उनको आश्रति परिवारलाई १० लाखका दरले दिने घोषणा गरेको छ ।
शान्तिपूर्ण धर्नामा विष्फोट, चार जनाको मृत्यु
प्रकाशित मिति: २०६९ वैशाख २२ ०८:३९