Responsive Ad Slot

latest

शीर्ष नेता बैठकबाट बाहिरिए, सहमतिको व्याख्यामै विवाद

Thursday, May 3

/ by Anonymous
          बोमलाल गिरी/ । काठमाडौं, बैशाख २१ – 
राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहमतिका लागि छलफलमा जुटेका शीर्ष नेता बैठक स्थलबाट बाहिरिएका छन् । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि औपचारिक छलफल सुरु नहुँदै शीर्ष नेताले व्यक्त गरेका अभिव्यक्तिले राजनीतिक संकट झन् गहिरिएको संकेत गरेको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई, काँग्रेस उपसभापति रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादार संवैधानिक परिषदको बैठकमा सहभागि हुन बैठक स्थलबाट बाहिरिएका हुन् । वर्तमान् मन्त्रीमण्डल विघटन गरि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने बुधबारको सहमतिको व्याख्यामै दलहरुबीच विवाद उत्पन्न भएपछि संकट बढेको हो ।
सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा विहिबार भएको छलफलमा नेताहरुले सहमतिलाई फरकफरक ढंगले व्यख्या गरेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालले बुधबारको सहमतिबाट सरकार पछि हटेका आरोप लगाएका छन् । नेपाली काँग्रसका उपसभापति रामचन्द्र पौडेलले सरकार बुधबारको सहमतिबार पछि हटेको आरोप लगाउनुभयो । ‘सरकार र सत्तारुढ दलहरु हिजोको सहमतिबाट पछि हटेका छन्’, बैठकबाट बाहिरिँदै गर्दा पौडेलले भन्नुभयो, ‘सरकारले राजिनामा नदिए हामी अलग्गै ढंगले प्रस्तुत हुन्छौँ ।’
पौडेलले सरकारले राजिनामा दिने नदिने स्पष्ट पार्नुपर्ने बताउनुभयो । ‘सरकारले आफ्नो अडान प्रष्ट पार्नुप¥यो’, पौडेलले भन्नुभयो, ‘नत्र संविधान निर्माणका विवादलाई प्रकृयामा लगेर टुङ्ग्याउनुपर्छ ।’ उहाँले सरकार सहमतिबाट पछि हटे अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने चेतावनी दिनुभयो ।
अहिलेकै सरकारमा काँग्रस एमालेलाई सहभागी गराउने कि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै राजिनामा दिने भन्नेमा दलहरुबीच विवाद  बढेको हो । सरकार र सत्तारुढ दलले बुधबारको सहमतिलाई वर्तमान् सरकारमा नै काँग्रस एमालेलाई सहभागी गराउने रुपमा व्याख्या गरेका छन् भने काँग्रेस एमाले भने अहिलेको सरकार बहुमतीय पक्रिया अन्तर्गत धारा ३८ को उपधारा २ अनुसार बनेकोले सहमतिय रुप दिन नसकिने अडानमा छन् ।
बैठकस्थलबाट बाहिरिएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमति कायम हुने विश्वास व्यक्त गर्नुभयो । फोरम लोकतानित्रकका अध्यक्ष विजय कुमार गच्छादारले सहमतिको प्रयास भैरहेको र शुक्रबार सम्म सहमति हुने दावी गर्नुभयो ।
बुधबारको बैठकले सहमतिको प्रस्तावको ड्राफ्ट तयार गर्न माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, फोरम लोकतान्तिक अध्यक्ष विजय कुमार गच्छादार र काँग्रेस महामन्त्री कृष्ण सिटौला रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले सहमतिको प्रस्तावको ड्राफ्ट तयार पारिरहेको दलहरुले बताएपनि सहमति कायम हुन सकेको छैन ।
माओवादी र मधेशी मोर्चा सहमतिबाट पछि हटेको भन्दै नेकपा एमाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा नदिएसम्म वर्तमान सरकारमा सहभागि नहुने निष्कर्ष निकालेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI