Responsive Ad Slot

latest

सुनसरीमा आगोले ६० घर जले

Tuesday, May 1

/ by Admin BHOLA THAPA
सुनसरी, बैशाख १९ - सुनसरीको दक्षिणी भारतीय सीमा क्षेत्रमा रहेको रामनगर भुटाहा गाविसमा सोमबार राति भएको आगलागीमा झन्डै दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ । भुटाहा– ७ मुसलमान टोलमा लागेको आगोले यो टोलका ६० घर बढी जलेर नष्ट भएको सशस्त्र प्रहरी निरीक्षक धीरेन्द्र चन्दले जानकारी दिनुभयो ।
फलाही अन्सारको गाईगोठमा शुक्रवार राति लामखुट्टे भगाउनका लागि बालिएको आगोबाट टोल नै सखाप हुने गरी आगलागी भएको सशस्त्र प्रहरी निरीक्षक चन्दले जानकारी दिँदै आगलागीमा मानवीय क्षति भने नभएको बताउनुभयो । आगलागीमा परी १९ परिवारका घर तथा गाईगोठ जल्दा लत्ताकपडा, खाद्यान्न, अरु महत्वपूर्ण गरगहना, भाँडावर्तनलगायतका सामान जलेर नष्ट भएका छन् । आगलागीमा छ खसीबोका, एक पाडो र एक बाख्रा जलेर मरेको छ ।
रातिदेखि नै त्यहाँ पुगेका इटहरी, धरान र विराटनगरका वारुणयन्त्र, स्थानीयवासी, सशस्त्र र नेपाल प्रहरी समेतको सक्रियतामा आज बिहान ७ बजे आगो नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक चन्दले बताउनुभयो । आगलागी पीडित परिवारबाट वास्ताविक क्षतिको विवरण लिने कार्य भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI