Merocinema,पाश्र्वगायिका अन्जु पन्त भनेर
आइतबारदेखि बिहानैदेखि फेसबुकको भित्तोमा एउटा अधरपानको तस्विर राखिएको छ ।
जुन तस्विरलाई थुप्रैले सेयर, लाइक र कमेन्ट गरेका छन् । नेपाली गीत संगीत
प्रेमी भन्ने एउटा फेसबुक समूहले चाहिँ किटेरै उक्त फोटोमा किस गरिरहेकी
युवतीलाई अन्जु पन्त भनेर लेखेको छ ।
हुन पनि अनुहार काटीकुटी अन्जुजस्तै लाग्छ । तर, अन्जु नै हुन कि होइनन् भनेर ठम्याउन भने धेरैलाई मुस्किल परिरहेको छ ।
समाचारको अर्थ –आफूलाई गीत संगीत प्रेमी
भनेर चिनाउने समूहले सेलिव्रेटीको यस्तो नितान्त व्यक्तिगत तस्विरलाई
सामाजिक संजालमा सेयर गर्नु उचित होइन ।
यसले कला क्षेत्रमा अर्को अराजकता
सिर्जना गर्छ । यसबारे बुझ्न खोज्दा अन्जुले फोन उठाइनन् । उक्त तस्विरमा
रहेकी युवती अन्जु हुन् कि होइनन् भनेर बुझने र चिन्ने जिम्मा हामीले
तपाईंहरूको हातमा छाडिदिएका छौं ।