गुल्मी २० चैत । हिजोदेखि गुल्मीको मुसीकोट र पौँदी अमराई गाविसको सिमानामा पर्ने श्रृङ्गेश्वर सामुदायिक वनमा लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । हिजो बिहानदेखि हर्रेगौँडाबाट सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेपनि नियन्त्रणमा आउन नसकेको हो ।
नजिकै पानीका प्रसस्त श्रोत नभएको र झाँडी तथा घाँस बाक्लो भएका कारण आगो नियन्त्रमा आउन नसकेको स्थानियले बताएका छन् ।
यसैबीच गर्मी मौसमसँगैँ जिल्लामा आगलागीका घट्ना बढिरहेका छन् । केही दिन अगाडी पनि सदरमुकाम तम्घास नजिकैको पर्यटकीय तथा धार्मिक स्थल रेसुङ्गामा लागेको आगो झण्डै तीन दिनपछि मात्र नियन्त्रणमा आएको थियो ।