१० बैशाख काठमान्डौ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले एकीकृत नेकपा ९माओवादी० अध्यक्ष प्रचण्ड बसिरहेको लाजिम्पाटस्थित घरबारे छानबिन गर्ने भएको छ । गत साउनमा ललितपुर निवासी शिशु अर्यालको नाममा सो घर खरिद गर्दा स्रोत खुलाइएको थिएन।
प्रचलित कानुनअनुसार एक करोड रुपियाभन्दा बढीको घरजग्गा कारोबारमा स्रोत देखाउनुपर्छ तर पाँच करोड २० लाखमा खरिद सो घर कारोबारमा स्रोत लुकाइएको थियो ।
सूचना सार्वजनिक हुदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने भन्दै शुद्धीकरण विभागले यस विषयमा गोप्यरूपमा अनुसन्धान गर्ने भएको छ । स्रोतका अनुसार शुद्धीकरणले यस विषयमा छानबिन गर्न अनुसन्धान अधिकृत तोक्नेछ र सूचना निकालेर सम्बन्धितकहा जानकारी पठाइन्छ ।
अनुसन्धान संवेदनशीलतालाई दृष्टिगत गर्दै विभागले यस विषयलाई गोप्यरूपमा अघि बढाउने बताएको छ । सबै कुरा मिडियामा आयो भने मान्छे भाग्ने र अपराध लुकाउने अन्य हथकण्डा हुन सक्छन्,विभागले बताएको छ।
यसैबीच स्रोत नखुलाई कारोबार गराउने मालपोत कार्यालय डिल्लीबजारलाई भूमिसुधार विभागले वास्तविकता खुलाउन पत्राचार गरेको छ ।