योगेन ढोली
आफन्तलाई पराइ जस्तो, ठान्छन स्वार्थी मान्छे ।
पिठ्यु बाट झुक्क्याइ छुरा, हान्छन स्वर्थी मान्छे ।।
मित्रताको खोल ओढि, भित्रभित्रै जरा खन्दै ।
सखाप पार्न झुठो कसम्, खान्छन स्वार्थी मान्छे ।।
देखा सिकि र आरिस मै,भड्खालोमा जाक्नलाई
अंकुस लगाई खुट्टाबाट, तान्छन स्वार्थी मान्छे।।
इमान्दारी र सोझोपनको, गन्ध पाउनै हुन्न कतै
ब्वाँसो बनी सिध्याउनलाई, छान्छन स्वार्थी मान्छे ।।
मानवताको खिल्ली उडाइ, षड्यन्त्रको जालो बूनि
मुन्ट्याउनलाई कु मार्गमा, लान्छन स्वार्थी मान्छे ।।