६ बैशाख काठमाण्डौ। - आफूहरुले पहिचानसहितको संघीयता र प्रत्यक्ष निर्वाचित
राष्ट्रपतीय शासनको अडान नछाडेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका
छन् ।
आज
काभ्रेमा भएको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले संविधान निर्माणमा
पहिचानसहितको संघीयता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानलाई नछाड्ने
बताएका हुन् । कार्यक्रममा दाहालले तत्काल जनवादी संविधान बन्न नसक्ने
भन्दै अब संविधान नबनाई भने सुखै नभएको र संविधान नबनोस् भन्नेहरुलाई
अप्ठ्यारो भएको बताए ।>आफ्नै
पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईको सरकार गिराउनलाई बैद्य पक्षले
हारगुहार गरेको भन्दै दाहालले आलोचना समेत गरे । दाहालले कार्यक्रममा सेना
समायोजनपछि माओवादी पार्टीको दुवै हातमा लड्डु भएको समेत दाबी गरे ।