धु्रवराज खनाल,
चितवन २० चैत । राष्ट्रिय जनमोर्चाको बन्दका कारण नारायणी अञ्चललगायत विभिन्न ५ अञ्चलको जनजीवन आज बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन ठप्प रहेको छ भने बजार, कलकारखाना, शिक्षण संस्थालगायत बन्द छ ।
जनमोर्चाले नारायणीलगायत भेरी, कर्णाली, सगरमाथा र जनकपुर अञ्चल बन्दको घोषणा गरेको हो । संघियताको खारेज गर्नु पर्ने, जेठ १४ भित्र संविधान बन्नु पर्ने र स्थानिय निकायको निर्वाचन हुनु पर्ने माग गर्दै जनमोर्चांले आज एक दिनका बन्दको आह्वान गरेको हो । बन्द साँझ ५ बजेपछि खुल्ने छ ।