६ बैशाख एजेन्सी ।
कुनै मान्छेका ६ वटा खुट्टा हुन्छन् भन्ने सुन्दा पत्याउन गाह्रै पर्छ । तर अब नपत्याएर के गर्नु रु पाकिस्तानमा ६ वटा खुट्टा भएको बालक जन्मिएको छ । एक हप्ताअघि जन्मिएको उक्त बालकको अहिले कराँचीको बाल अस्पतालको आइसियुमा उपचार भैरहेको छ । चिकित्सकहरु खराब स्वास्थ्य रहेको उक्त बालकलाई बचाउन भरमग्दुर प्रयास गरिरहेका छन् ।
पाकिस्तानी डाक्टरहरुले बच्चाको शल्यक्रिया गरेर उसल।।।ाई बचाउन आफुहरुले प्रयास गरिरहेको भएपनि त्यसमा सहयोग गर्नका लागि अन्तराष्ट्रिय विज्ञ चिकित्सकहरुसँग समेत अनुरोध गरेका छन् ।
यस्तै उक्त बच्चाका बुवा इमरान शेखले आफ्नो बच्चाको उपचारमा सहयोग गर्न पाकिस्तान सरकार र विभिन्न संघसस्थाहरुलाई आग्रह गरेका छन् ।
यस्तै उक्त बच्चाका बुवा इमरान शेखले आफ्नो बच्चाको उपचारमा सहयोग गर्न पाकिस्तान सरकार र विभिन्न संघसस्थाहरुलाई आग्रह गरेका छन् ।
सुक्कुर क्षेत्रका बासिन्दा शेख र उनकी पत्नीले आफ्नो उक्त छोराको नाम उमार फारुक राख्ने सोँच बनाएका छन् । तर निकै चिन्ताजनक स्वास्थ्यस्थिति रहेको उक्त बच्चाको चमत्कारिक उपचार नभएमा त्यसलाई बचाउन सम्भव नहुने विज्ञहरु बताउँछन् । उता सिन्ध प्रान्तका प्रमुखले बच्चाको उपचारमा कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई आग्रह गरेका छन् ।
वास्तवमा गर्भमा जुम्ल्याहा भ्रुणको विकाश हुने क्रममा एउटा भ्रुण अर्को भ्रुणमा विलय हुँदा यस्तो सारीरिक अवस्थाको बच्चा जन्मिने विज्ञहरु बताउँछन् । यस्तो अवस्था दशौँ लाख बच्चामध्ये एक जनामा मात्र हुन्छ । उक्त पाकिस्तानी बच्चाका ६ वटा खुट्टा मध्ये २ खुट्टा आफ्नै रहेका र अरु ४ खुट्टा जुम्ल्याहा भाइका हातखुट्टा रहेका बताइएको छ । मेरो जिल्ला