Responsive Ad Slot

latest

भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाईदै I

Wednesday, April 18

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली
६ बैशाख बुटबल । भिटामिन ए कार्यक्रम अन्तर्गत आज देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औÈधी खुवाईंएको छ । ६ महिनादेखि पा“च बर्Èका झण्डै ३३ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र ती मध्ये एक वर्Èदेखि पा“च वर्È सम्मका ३० लाख बालबालिकालाई जुकाको औÈधी खुवाईने कार्यक्रम रहेको छ ।

देशका सबै नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरुमा आज बिहानैदेखि महिला स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए तथा जुकाको औÈधी खुवाएका थिए । यस्तै बुटवल नगरपालिकाका सबै वडा तथा खोप केन्द्रहरुमा बिहानैदेखि औषधि र भिटामिन ए खुवाईएको छ ।

आज छुटेका बालबालिकालाई भोलि पनि औÈधी खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ  । भिटामिन ए को कमीका कारण्ँ हुने बाल मृत्यु रोक्न सरकारले २०५० सालदेखि भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आईरहेको महिला स्वास्थ्य स्वयंसेबिका ईन्दिरा ज्ञवालीले बताउनुभयो ।


भिटामिन ए क्याप्सुल जस्तो सुकै बालबालिकाले खान हुने र यसबाट कुनै हानी नहुने तथा नखुवाएमा भविश्यमा रतन्धो, दादुरा, कडा कुपोषण, दिर्घ झाडा पखाला लगायतका रोग लाग्न सक्ने चिकित्सकको भनाई छ ।सरकारले ६–६ महिनामा यस्तो कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI