सुवास लामिछाने,
३ बैशाख माडी चितवन । चितवनको माडिमा जारी न्यु इयर कप फुटबल प्रतियोगिता अन्तर्गत ३ गतेपनि एक खेल भएको छ । ३ भएको १ मात्र खेलमा एभरेष्ट क्लव चितवनले स्टार स्र्पाटस क्लबलाई ४÷० गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको छ ।
३ बैशाख माडी चितवन । चितवनको माडिमा जारी न्यु इयर कप फुटबल प्रतियोगिता अन्तर्गत ३ गतेपनि एक खेल भएको छ । ३ भएको १ मात्र खेलमा एभरेष्ट क्लव चितवनले स्टार स्र्पाटस क्लबलाई ४÷० गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको छ ।
३ भएको खेलमा आफनो उत्कूष्ट खेल प्रर्दशन गदै एभरेष्टका सुरेन्द्र श्रेष्ठ म्यान अफ द म्याच भएका छन । यसैविच ४ गते हुने खेलमा भरतपुर फुटवल क्लव र चितवन ११ का विच प्रतिस्पर्धा हुने आयोजकले वताएको छ । .“युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन चेतना तथा राष्ट्र निर्माण हो” भन्ने मूल नाराका खेल आयोजना गरिएको हो ।
वैशाख १ गतेबाट सुरु भएको खेल १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा चितवन, नवलपरासी, तनहँु, मकवानपुर, पर्सा, रुपन्देही, काठमाण्डौ र माडीका चारवटा गाविसका छनोटमा परेका समूहहरुको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ५१ हजारसहित शिल्ड मेडल, प्रमाणपत्र र उपविजेताले २५ हजारसँगै शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । खेलमा गोलकिपर, डिफेन्स, मिडफिल्डर, सर्वाधिक गोलकर्ता लगाएतका बिधामा उतकृष्ट खेलाडीहरुलाई पनि सम्मान गर्ने संञ्चार संयोजक सुबास लामिछाने जानकारी दिनुभयो ।
आयोजकले खेल सम्पन्न गर्न करिव ४ लाख रुपैया लाग्ने अनुमान गरेको छ । बसन्तपुर युनाइटेड क्लवले विगतमा पनि नयाँ बर्षको अबसरमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको थियो । विगतका वर्षहरुमा जस्तै वसन्तपुरले यस खेललाई निरन्तरता दिइएको हो ।