दुर्गा ढेँगा
पाल्पा २० चैत । नेपाल मगर विद्यार्थी संघ पाल्पाले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार पाल्पाको तानसेनमा भएको सातौँ जिल्ला अधिवेशनले पुनः धनि सारुको अध्यक्षतामा नयाँ जिल्ला तदर्थ समिति गठन गरेको हो । त्यसै गरि उपाध्यक्षमा प्रेम वगाले, सचिवमा शम्शेर सारु, सहसचिवमा झमन गाहा, काषाध्यक्ष ओवी सरा कनौजे रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका अध्यक्ष रेनुका काउचा मगरले “तोकिएकै सयमयमा संविधान नबन्ने तथा बनि हाले पनि आदीवासी जनजातीहरुको पक्षमा बन्नेमा शंका ब्यक्त गर्नु भयो ।” उहाँले थप्नुभयो, “सरकारले बहुभाषा शिक्षा प्रणालीलाई बैज्ञानिक तवरबाट लागु गर्न जोड दिनु पर्छ ।”
त्यसै गरि संगठन सचिब दिनेश राना, नेपाल मगर संगका केन्द्रिय सदस्य मोहन राना, सल्लाहकार हरिबहादुर सारु, वल बहादुर गाहा, लालकुमारी राना, दोलख रासकोटी, अचल सचिब दुर्गा ढेँगा, आदिले मन्तब्य राख्नुभएको थियो ।
उपाध्यक्ष पुनम रानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सचिव शम्शेर सारु तथा अध्यक्ष धनि सारुको अध्यक्षतामा चलेको थियो ।