कपिल ज्ञवाली
९ बैशाख बुटवल । अब बन्ने संबिधानमा धार्मिक सहिष्णुता सहितको हिन्दु राष्ट्र नेपाल उल्लेख गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । हिन्दु राष्ट्रको अस्थित्व नै सकिने गरि नेताहरुले बिदेशीको उक्साहटमा धर्म निरपेक्ष राज्य बनाएको भन्दै उनीहरुले बिरोध जनाएका छन् । ॐ परिवार महासंघ केन्द्रिय समिति रुपन्देहीद्वारा आज बुटवल १४ मुक्तिनाथधाममा आयोजित नेपालको निर्माणाधिन संबिधानमा धर्मको स्थान बिषयक धर्म सभामा बोल्ने धार्मिक ब्याक्तित्वले धर्मको नाममा समाजमा कुरिती र कु–संस्कृति फैलिएको भन्दै उनिहरुले समाजमा रहेका छुवाछुत प्रथा अन्त्य हुनपर्नेमा जोड दिए ।

सो अबसरमा बोल्दै मुक्तिनाथधामका प्रमुख संरक्षक स्वामी लोकानन्दले हिन्दुहरु एककृत भएर हक अधिकारका लागि एकढिक्का हुनुपर्ने बताउनुभयो ।उहाले पछिल्लो समयमा समाजमा गौहत्याका श्रृखला बढेको भन्दै आचरण सुधार गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा अबधारणा पत्र प्रस्तुत गर्दै समितिका अध्यक्ष बुद्धि प्रसाद शर्माले देशमा रहेका बिभिन्न धर्म मान्ने नागरिकलाई धार्मिक सहिष्णुता आबश्यक रहेको भन्दै नेपाल हिन्दु राष्ट्र हुन जरुरी रहेको बताउनुभयो । अर्काे अबधारणा पत्र प्रस्तुत गर्दै बुटवल प्राध्यापक डा बाबुराम ज्ञवालीले नेपालका बिभिन्न चिनारी मध्ये हिन्दु राज्य पनि एक हो भन्दै हिन्दु राज्यको माग गर्दै सबै आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो ।
समितिका अध्यक्ष बुद्धि प्रसाद शर्माको अध्यक्षता तथा महासचिब खुमराज पाण्डेको संचालनमा भएको धर्मसभामा ब्राह्मण समाज नेपालका केन्द्रिय महासचिब रोमणी प्रसाद पाठक,धर्म जागरणका केन्द्रिय अध्यक्ष गुणनीधि पन्थी, ॐ परिवारका उपाध्यक्ष पुरुषोतम पाण्डे, ज्ञानेश्बर ज्ञवाली,सरस्वती कुवर, बिष्णु कौडिल्य, लगायतले बोल्दै संबिधानमा आफूहरुका माग समेट्नुपर्ने बताउनुभयो । कार्यक्रममा रुपन्देही लगायत छिमेकी जिल्लाका धार्मिक संघसंस्थाका १ सय ५० को सहभागिता थियो ।