२९ चैत्र तनहुँ । तनहुँमा बस्दै आएका सापकोटाहरुको आज दमौलीमा सम्पन्न एक भेलले सापकोटा कल्याण केन्द्र तनहुँ गठन गरेको छ । गठित समितिको अध्यक्षमा दुर्गादत्त सापकोटा रहनुभएको छ । केन्द्रका केन्द्रिय सदस्य बुद्धिसागर सापकोटाको प्रमुख आतिथ्यतामा गठित संस्थाको उपाध्यक्षमा तुलसी सापकोटा,सचिवमा बाबुराम सापकोटा,कोषाध्यक्षमा अम्बिका सापकोटा रहनुभएको छ ।
यस्तै सदस्यहरुमा तुलसी सापकोटा,गुरुप्रसाद सापकोटा,लक्ष्मी सापकोटा,अम्बिका सापकोटा,कमल सापकोटा,अर्जुन सापकोटा र प्रजापति सापकोटा रहनुभएको छ ।
केन्द्रका सल्लाहकाहरुमा संगम सापकोटा,रामचन्द्र सापकोटा,आरसी सापकोटा र राधिका सापकोटा रहनुभएको छ ।
कार्यसमितिलाई विस्तार समेत गरिने केन्द्रका कास्की सदस्य अम्बिका सापकोटाले जानकारी दिनुभयो । केन्द्रले सापकोटाहरुको वंशावली तयार पार्ने र आपसी सद्भाव र सहयोग बढाईने बताएको छ ।
पार्टिका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमका लागि पार्टिका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई बोलाउने समेत निर्णय गरेको छ । पार्टिले देशव्यापी रुपमा संगठन विस्तारको काम शुरु गरेको केन्द्रिय सदस्य वाग्लेले बताउनुभयो ।