३ बैशाख खैरेनीटार तनहुँ । तनहुँको खैरेनीटार गाविस शान्तिनगर भोटेपानीका लालपुर्जाविहीन बासिन्दाहरु लालपुर्जाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै स्थानीयले विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् । आप्mना मागहरु पूरा नहुन्जेलसम्म खैरेनीटारको शान्तिनगरमा नेपाल सरकारका वरिष्ठ पदाधिकारीहरु सभासद्हरु, राज्यका उच्च पदस्थ नेताहरु र राजनीतिक दलका केन्द्रीय नेताहरुलाई शान्तिनगरमा प्रवेश निषेध गरिएको अव्यवस्थित जग्गा समस्या समाधान तथा सङ्घर्ष समितिका कोषाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले पृथ्वी राजमार्गसँग जोडिएको भिमाद बजार जोड्ने मुख्य मार्ग बन्द गराएका छन् ।
बिहानै ५ बजेदेखि आन्दोलमा उत्रिएका व्यक्तिहरुले कालो व्यानर र प्लेकार्डसहित आवतजावतमा अवरोध पु¥याएका हुन् । आश्वासन मात्र दिने कार्यान्वयन नगर्ने भन्दै उनीहरु अझ आक्रोशित भएका छन् । आफ्ना मागहरुको संबोधन नभए अझ कडा सङ्घर्षमा उत्रने चेतावनीसमेत दिइएको छ ।
यता राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव आज बिहानैदेखि तनहुँमा पनि परेको छ । बन्दका कारण पृथ्वी राजमार्गमा सवारी साधन सन्चालनमा आएका छैनन् । यातायात बन्द रहेता पनि केही साना पसल होटल व्यवसायहरु आशिक रूपमा सञ्चालनमा आएका छन् । समाचार स्रोत रेडीयो तनहुँ