काठमान्डौ २१ चैत ।
पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरालाई विशेष अदालतले अवैध सम्पत्ति जोडेको अयिभोगमा डेढ वर्ष कैद सजायँ र २६ लाख ८३ हजार रुपैयाँ जरिवानाको तोकेको छ । बोहराको सम्पत्तिमध्ये दुई करोड ३८ लाख रुपैयाँ अवैध देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको थियो । यसमध्ये ९० लाख रुपैयाँ अवैध देखिएको विशेष अदालतले ठहर गरेको छ । प्रहरी प्रमुख भएको बेला खरिद गरेकोे घरजग्गा तथा विभिन्न बैङ्कमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै अदालतले दोषी ठहर गरेको हो । बोहरा २०४९ सालदेखि २०५३ सम्म प्रहरी महानिरीक्षक रहनुभएको थियो ।
यसअघि बोहराको मुद्दा विशेष अदालतबाट सम्पत्तिको स्रोत खुलाउनका लागि हदम्यादको आधारमा खारेजीमा परेको थियो । तर सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश अनुपराज शर्मासमेतको इजलासले भ्रष्टाचारको मुद्दामा हदम्याद नलाग्ने भन्ने फैसला सुनाएपछि त्यसै आधारमा फेरि ब्युँतिएको हो । सिआईएन