आदरणिय कतारवासी गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,, कतारमा
कार्यरत नेपालीहरुको इतिहासमा सम्भवत पहिलो पटक सर्वाधिक नेपालीहरुलाइ
संस्थागत पहलमा दर्शकहरुलाइ समेत भारी पुरस्कार सहितको मिनिस्टर कप फुटबल
हेर्ने अवसर गत ३० मार्च २०१२ शुक्रवारका दिन मिलेको थियो । नेपाली
समुदायको लागि २२०० प्रबेस टिकट निशुल्क उपलब्ध गराइएको भए पनि करबि ७५००
नेपालीहरुले सो खेल हेरेको सुचनाहरु आइरहेकाछन् । हामि नेपालीहरुको
अप्रत्यासित उपस्थितिले आयोजकहरु अत्यन्त सन्तुष्ट रहेको र हाम्रोे खेल
प्रतिको रुचिलाइ ध्यान दिएर आयोजकहरुबाट आगामि दिनहरुमा दर्शकहरुको
व्यवस्थापनको लागि बिषेश व्यावस्था होला भन्ने अपेक्षा गर्न सकिन्छ ।
अनुमान गरिए भन्दा कयौ गुना बढि उपस्थित नेपाली दर्शकहरुको अनियन्त्रित
भिडका कारण उत्पन्न परिस्थिति र त्यसलाइ व्यवस्थित गर्ने क्रममा असहजता
हामिहरुले भोग्नु परेको यर्थाथता हामी कसैबाट लुकेको छैन । तर यो
परिस्थतिगतरुपमा श्रृजित घटनालाइ गैरआवासी नेपाली संघ राष्ट्रिय समन्वय
परिषद् कतारसँग जोडेर फेसबुक तथा केहि ब्लगहरुमा गरिएका विभिन्न टिका
टिप्पणिहरु प्रति हाम्रो ध्यानाकर्षण भएकोछ । त्यसैले उक्त घटना वारेमा
सम्बन्धित सबैलाइ निम्न कुराहरु प्रष्ट पार्नु वान्छनिय हुने ठान्दछौं ।
- यो कार्यक्रम नितान्त कतारको आन्तरिक मामिला सम्बन्धि मन्त्रालयकोे आयोजना तथा व्यावस्थापनमा भएकोे कार्यक्रम हो । एनआरएनए–एनसीसी कतारको व्यावस्थापनको कुनै भुमिका थिएन । एनसीसी कतारले नेपाली समुदायलाइ उपलब्ध गराइएको दर्शक कोटामा सहभागि गराउने समन्वय तथा स्वयंसेवकको भूमिका मात्र निभाएको थियो ।
- नेपाली समुदायलाइ प्राप्त प्रवेस टिकट हाम्रो समुदायलाइ प्रयाप्त थिएनन तर कतारमा कार्यरत सबै नेपालीहरु यसका हकदार हुन तसर्थ यो पारदर्शी वितरण हुनुपर्छ र यसमा कुनै अनियमितता हुनु हुदैन भन्ने कुरालाई ध्यान दिएर एनसीसी कतारले सार्वजनिक सुचना प्रकाशित गरि सुचित गरेकोहो । सुचनामा मात्र २००० टिकट उक्त दिनको १ बजेबाट बितरण गरिनेछ भनेर प्रष्ट उल्लेख गरएिको थियो ।
- कतारको आन्तरिक मन्त्रालयको मातहतमा रहेको सो स्पोर्टस क्लब भित्र अन्य समुदाय वा कसैले व्यावस्थापन गर्न सम्भव थिएन । त्यहाँ भएको परिस्थितिको बिश्लेषण गर्दा तोकिएको समयमा टिकट वितरण शुरुवात व्यवस्थित रुपमा भइरहेको अवस्थामा सहभागिहरुले धैर्यता गुमाएर भागदौड गर्दा टिकट वितरणमा अवरोध हुनुका सार्थै त्यस पछि भएका दुख्द अवस्थाको बिजारोण भएको कुरा नबिर्सन सबैमा विनम्र अनुरोध छ । त्यो भागदौड पछिको अनियन्त्रित भिडलाइ नियन्त्रण गर्दा सुरक्षाकर्मिले अपनाएको संयमताको परिणाम कुनैपनि अप्रिय घटना घट्न पाएन । यदि संसमता नअपनाइएको भए स्थिति भयावह हुन सक्थ्यो ।
- यि सबै परिस्थितिहरुको बिच नेपाली समुदायलाइ प्राप्त टिकट सुरक्षाकर्मिको अनुगमनमा वितरण गरि प्रवेस गराइएको थियो भने त्यस पछि आयोजकले पटक पटक गरि अधिकांश उपस्थित खेलप्रेमी नेपालीहरुलाई प्रबेस गराईएको र २२०० टिकट दिईएकोमा पछि नेपाली समुदायका करिब ७५०० जनाले सो खेल हेर्ने अवसर पाई केहिलाइ पुरस्कार जित्ने भाग्य पनि मिल्यो । वास्तविकता के हो भने यसभन्दा अघि यति ठुलो संख्यामा नेपाली समुदायले यस्तो अवसर कहिल्यै पाएको थिएन ।
तसर्थ एनआरएनए एनसीसी कतारले नेपालीहरुको लागि गर्न खोजेको एक
सकारात्मक प्रयासलाइ गलतरुपमा परिभाषित गर्दे जनमानसमा विभिन्न
माध्यामहरुबाट गरिएका गलत टिका टिप्पडीको भ्रममा नपर्न सम्पुर्ण
गैरआवासीय नेपाली महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं । उक्त दिन खेल
मैदान बाहिर लामो समयसम्म लाइनमा बसेर पनि खेल हेर्न नपाउनु भएका
खेलप्रेमि महानुभावहरु प्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय
परिषद् कतार दुख व्यक्त गर्दछ । उक्त कार्यक्रम समन्वयको क्रममा साथ सहयोग
गर्नुहुने एनसीसी तथा कतारमा रहनुभएका आइसीसीसबै पदाधिकारी ज्यूहरु,
सल्लाहकार ज्यूहरु, परिषद् सदस्य ज्यूहरु, संघ संस्था, बुद्धिजिबि,
व्यावसायी, पत्रकार लगाएत कतारमा रहेका सम्पूर्ण गैरआवासीय नेपाली
महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।