Responsive Ad Slot

latest

हावाहुरीका कारण बरभन्ज्याङ गाविसमा करिब ५० घरको छानो उडायो,I

Saturday, April 21

/ by Admin BHOLA THAPA

क्षतिको विवरण आउन बाँकी
पवन पौडेल
तनहुँ बैशाख ९ । आज दिउँसो हावाहुरीले तनहुँको बरभन्ज्याङ गाविसको सेपावगैंचा,बारीफाँट लगायतका स्थानमा ठुलो संख्यामा स्थानियको घरको छानो उडाएको छ । हावाहुरीले बारीफाँटमा १० घर र सेपावगैंचामा पनि करिब १० वटाजति घरको सबै छानो उडाएको स्थानिय सान्ता थापाले जानकारी दिनुभयो ।

 यसबाट ठुलो परिमाणमा क्षति भएको भएपनि त्यसको यकिन अनुमान भने अहिल्यै गर्न नसकिने उहाँको भनाई छ । निकै तीव्र गतिमा आएको हावाहुरीले धेरै घरमा क्षति पुर्याएको र कतिपय घरमा आँंशिक रुपमा क्षति पुर्याएको उहाँको भनाई छ । 

हावाहुरीसंगै असिनापानी पनि परेपनि खेतबारीमा लगाएको बाली नउम्रेकाले कुनै क्षति भने नभएको स्थानियले बताएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI