धर्मिन्द्रा शाह, ८बैशाख कैलाली । जनक शिक्षा सामाग्री केन्द्र (जशिसाके) ले समयमा पाठ्यपुस्तक नपठाउ“दा सुदूरपश्चिममा पाठ्यपुस्तकको चरम अभाव भएको छ । वर्षै पिच्छे पाठ्यपुस्तकको अभाव झेल्दै आएका यहा“ विद्यार्थीहरुले यो वर्ष पनि पाठ्यपुस्तक नपाएर आफ्नो पठनपाठनमा समस्या परेको बताएका छन् ।
शैक्षिक शत्र सुरु भएको साता दिन बित्न लाग्दा विद्यार्थी तथा अभिभावकहरुले दिनदिनै पुस्तक बिक्रेता कहा“ किताव लिन गएपनि खाली हात फर्कनु परेको गुनासो गरे । सुदूरपश्चिमका नौ वटा जिल्लामा ३४ लाख थान कितावको माग भएपनि जशिसाकेले हालसम्म २३ लाख थान मात्र किताव उपलब्ध गराएको पाठ्यपुस्तक वितरण गर्ने जिम्मा पाएको साझा प्रकाशन क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । प्रकाशनका क्षेत्रीय कार्यालयका प्रमुख लिलाधर जोशीले जशिसाकेले आफूलाई उपलब्ध गराएका सबै किताव नौ वटै जिल्लामा समानुपातिक रुपमा वितरण गरिसकेकोले हाल गोदाम रित्तै रहेको बताए ।

यसअघि जशिसाकेले शैक्षिक शत्र सुरु हुनभन्दा एकमहिना अगावै माग जति किताव उपलब्ध गराउने बताए पनि हाल लोड सेडिङ्को तथा अन्य बहाना बनाएर किताव दिन समस्या परेको भन्दै पन्छाउने गरेको प्रमुख जोशीले बताए । उनले जिल्लामा पाठ्यपुस्तकको जिम्मा पाएका बिक्रेताहरुले किताव चाहियो भनेर दैनिक कार्यालयमा आउने गरेको भएपनि खाली हात फर्काउनु परेको छ भने ।
वितरण भएका कितावहरु पनि १, ९ र १० कक्षाको बाहेक अन्य कक्षाको किताव अधुरो रहेका छन् । केन्द्रीय कार्यालयमा पाठ्यपुस्तक पठाइ दिनुपर्यो भनि आफूले बारम्बार ताकेता गरिरहेको तर उताबाट माग बमोजिम नपठाएकोले पाठ्यपुस्तकको अभाव भएको जशिसाके क्षेत्रीय कार्यालय धनगढीका प्रमुख योगेन्द्रराज जोशीले बताए । उनले केन्द्रीय कार्यालयले यहा“को माग बमाजिम पाठ्पुस्तक उपलब्ध गराएको १५ बैशाख भित्र सबै जिल्लामा पठाइ सक्ने बताए ।
पहाडी जिल्लामा कितावको लागि दुरदराजका विद्यालयबाट सदरमुकाममा आएको भएपनि किताव नपाएर उनीहरुले आफूस“ग झगडा गर्ने गरेको बझाङका पुस्तक पसले प्रेम बमले बताए । बमले भने अहिले साझामा नै किताब छैन पछि आउनु भनेर फर्काउने गरेको गुनासो गरे ।
विद्यालयमा नया“ भर्ना लिई पठनपाठन सुरु गर्ने बेला भइसक्दा पनि किताव अभावमा पठापाठन सुरु गर्न समस्या परेको विद्यालयले जनाएका छन् । सुदूरपश्चिममा अझै ११ लाख थान किताव अपुग रहेको साझा प्रकाशन धनगढीले जनाएको छ ।