Responsive Ad Slot

latest

नेपाल पर्यटन बोर्ड पोखराले अतिथि सत्कार तथा खाना पकाउने तालिम प्रदान I

Tuesday, April 10

/ by Admin BHOLA THAPA

तनहुँ खबर संवाददाता
तनहुँ चैत २८ गते ।  तनहुँको बन्दिपुरका होमस्टे सन्चालकहरुका लागि नेपाल पर्यटन बोर्ड पोखराले अतिथि सत्कार तथा खाना पकाउने तालिम प्रदान गरेको छ । स्थानिय चण्डेनी पिपलथोक र असौबोटे होमस्टेसंग आवद्ध ३५ जना सदस्यका लागि तालिम प्रदान गरिएको हो । तालिममा पर्यटकहरुका लागि स्थानिय परिकार निर्माण तथा अतिथि सत्कारका विविध बिषयमा सदस्यहरुलाई तालिम दिइएको चण्डेनी पिपलथोक होमस्टेका अध्यक्ष भुपेन्द्र बानियाले जानकारी दिनुभयो ।

५ दिनसम्म सन्चालन हुने तालिममा अग्र्यानिक खाना,स्थानिय रीतिरिवाजको प्रस्तुती लगायतका बिषयमा समेत सहभागिलाई प्रशिक्षण प्रदान गरिएको थियो । सहभागिहरुलाई पर्यटन बोर्डका विज्ञहरुले प्रशिक्षण दिएका थिए । बन्दिपुरको होमस्टे प्रबद्र्धनका लागि रोटर्याक्ट क्लब अफ दमौली र डिल्लीबजारले सहयोग गर्दै आएका छन् । अहिले बन्दिपुरमा करिब ४० घर होमस्टेमा आवद्ध छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI