Responsive Ad Slot

latest

प्रहरीबाट कुटिएका पत्रकारबारे छानविन समिति गठन I

Tuesday, April 3

/ by Admin BHOLA THAPA
पोखरा, २१ चैत  । प्रहरीबाटै पोखरामा कुटिएका पत्रकार हरीबहादुर भुजेलका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीले ४ सदस्यीय छानविन समिति गठन गरेको छ ।

 
गएको चैत १८ मा पोखराको नदिपुरमा माईक्रोबसको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएपछि मृतका आफन्तले पोखराको विभिन्न स्थानमा गरेको विरोध प्रदर्शन र तोडफोडको समाचार संकलन गर्ने क्रममा पत्रकार भुजेलमाथि प्रहरीले कुटपिट गरेको थियो । प्रहरीको लाठी प्रहारबाट पत्रकार भुजेलको देब्रे काँध, खुट्टा र हातमा चोट लागेको छ ।

। एक साता भित्र प्रतिवेदन बुझउने गरी जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी निरीक्षक रवीन्द्र पौडेलको संयोजकत्वमा ४ सदस्सीय छानविन समिति गठन गरेको कास्की प्रहरी प्रमुख यादवराज खनालले जानकरी दिए । पत्रकार भुजेल सामुदायिक रेडियो गण्डकी तथा गण्डकी टेलिभिजनका सम्वाददाता हुन । (ओएनएस) :
Don't Miss
© all rights reserved
made with by netKUTI