Responsive Ad Slot

latest

साक्षरता अभियानले फरक क्षमता भएका ब्यक्तिहरुलाई भने समेट्न सकेन I

Monday, April 16

/ by Admin BHOLA THAPA

नारायण सापकोटा
४ बैशाख चितबन । सबै जनसंख्यालाई साक्षर बनाउने उदेश्यले सञ्चालन गरिएको साक्षरता अभियानले फरक क्षमता भएका ब्यक्तिहरुलाई भने समेट्न सकेको छैन ।अनौपचारीक कक्षा संचालनमा आउने व्यवहारीक सिमितताका कारण पनि फरक क्षमता भएका ब्यक्तिहरुलाई समेट्न नसकेको हो ।शिक्षाको प“हुच बाहिर रहेका उमेर पुगेका व्यक्तिलाई समेटने भनिएपनि यसले शारीरीक अपाड्डता भएका ,दृष्टिविहिन र बहिराहरुलाई समेट्न सकेको छैन । 

सबैको पायक पर्ने स्थान छनौट र हरेक वर्गलाई समेट्ने मैत्रीपूर्ण शिक्षण पद्धती हुन नसक्दा साक्षरता अभियान संचालनमा सिमितता देखिएको हो ।

हाल चितवनमा साक्षरता अभियान अन्र्तगत दोस्रो र तेस्रो चरणको साक्षरता अभियान क्रमशः संचालन भएका छन् ।जिल्लाका १५ हजार ७ सय ५० जनालाई साक्षर बनाउने लक्ष्य सहित यो अभियान सुरु गरीएको हो ।अभियान अन्र्तगत जिल्लाका १५ गा.वि.समा दुई चरणमा गरी ३ सय वटा अनौपचारीक कक्षा संचालन गरीएका छन् ।अघिल्लो वर्ष पूर्ण साक्षर बनाउने लक्ष्य राखिएको जिल्लाका ५ गा.वि.स हरु यो वर्ष भने पूर्ण साक्षर बन्ने जिल्ला शिक्षा कार्यालयले अपेक्षा गरेको छ ।चण्डीभङज्याङ,दारेचोक कबिलास,दाह्खानी र काउलेमा साक्षरता अभियानका सम्पुर्ण कक्षा सम्पन्न भैसकेकाले पुर्ण साक्षर बन्ने अपेक्षा राखिएको बिद्यालय निरीक्षक बाबुराम दवाडीले जानकारी दिनुभयो ।

९५ प्रतिशत जनसंख्या साक्षर भएको खण्डमा पुर्ण साक्षर मानिने भएकाले सरकारको ध्यान फरक क्षमता भएका ब्यक्तिहरुलाई समेट्न तर्फ केन्द्रित भएको देखिदैंन ।तथापी शिक्षाको प“हुचमा रहने हरेक व्यक्तिको चाहनालाई सरकारले पुरा गर्न यसतर्फ पनि ध्यान दिन आवश्यक देखिन्छ
Don't Miss
© all rights reserved
made with by netKUTI