बेनी, २० चैत । छोटो समयमै देशभर धेरै शाखा संजाल बनाउन सफल प्रभु फाइनान्स
कम्पनीले आफ्नो ३७ औं शाखा कार्यालय म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा
संचालन गरेको छ ।
आइतवार आयोजित एक कार्यक्रममा फाइनान्सका संस्थापक शेयरधनी शिवकुमार
श्रेष्ठले एक समारोहकाबीच शाखाको उदघाटन गर्नुभयो । श्रेष्ठले आर्थिक
गतिबिधि फष्टाइरहेको बेनीमा शाखा खोलेर त्यसको हिस्सेदार बन्ने प्रयास
गरेको बताउनुभयो ।
सोही समारोहमा आजैदेखि संचालनमा ल्याईएको ए.टि.एम सेवाको प्रमुख जिल्ला
अधिकारी कृष्णप्रसाद ज्ञवालीले शुभारम्भ गर्नुभयो । उक्त अवसरमा
फाइनान्सका संचालक रामेश्वर सापकोटा, म्याग्दी उद्योग बाणिज्य संघका
अध्यक्ष कुवेर श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य
प्रमोद श्रेष्ठ र प्रहरी नायव उपरिक दिनेशकुमार आचार्य लगायतको उपस्थिति
रहेको थियो ।
प्रभु फाइनान्सको शाखा कार्यालयबाट प्रभु मनी ट्रान्सफरले बिश्वभरबाट
भित्राएको रेमिट्यान्सको भुक्तानी लिने सुबिधासमेत उपलब्ध हुने कम्पनीले
जनाएको छ । अनलाईनन खबर