Responsive Ad Slot

latest

असारभित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने I

Thursday, April 19

/ by Admin BHOLA THAPA
 ७ वैशाख  तनहुँ
तनहुँ जिल्लालाई यही असार महिनाभित्रै खुला दिसामुक्त क्षेत्र घोषणा गरिने भएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा सरोकारवालाले जिल्लालाई खुला दिसामुक्त गराउने प्रतिबद्धता जनाएका हुन् ।

    नेपाल सरकारले सन् २०१७ सम्ममा आधारभूत सरसफाई सुविधा (चर्पी) मा सबैको पहुँच पु¥याउने लक्ष्य अनुसार जिल्ला विकास समिति तनहुँले जिल्लाका सबै घरधुरी तथा सरकारी एवं सामुदायिक भवनमा चर्पी निर्माण गरी जिल्लालाई खुला दिसामुक्त गर्ने अभियान सञ्चालन गर्दै आएको थियो । सोही अभियान अन्तर्गत तनहुँका २९ गाविस खुला दिसामुक्त घोषणा भै सकेका छन् । त्यसैगरी यही जेठ महिनाभित्र दुलेगौंडा, जामुने, तनहुँसुर र ढोरफिर्दी गाविसलाई खुला दिसामुक्त घोषणा हुने सरोकारवालाले बताएका छन् ।

    स्थानीय विकास अधिकारी एवं जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष छविलाल रिजालको अध्यक्षतामा बिहीबार बसेको बैठकमा शौचालय निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । खुला दिसामुक्त गर्ने अभियानमा शौचालय निर्माणका लागि ६ करोड ४० लाख ९७ हजार लाग्ने जिविस तनहुँका आलेप अधिकृत सुनिल पाण्डेले बताए । ईतनहुँ
Don't Miss
© all rights reserved
made with by netKUTI