Responsive Ad Slot

latest

प्रचण्डहरुलाई १० अर्ब भ्रष्टाचारको अभियोग I

Monday, April 23

/ by Admin BHOLA THAPA

११ बैशाख काठमान्डौ ।  पार्टीभित्रको बिबादमा हस्तक्षेप गर्दै शिविरभित्र सैनिक परिचालन गरि ‘कु’ गरेको दावी गर्दै आएको वैद्य पक्षले संस्थापनपक्ष विरुद्ध बदला लिने गतिलो हतियार फेला पारेको छ । प्रचण्डसहितका करिव एक दर्जन नेतालाई मुछ्ने गरि वैद्य पक्षले भ्रष्टाचारको मुद्दालाई चर्काउने तयारी गरिरहेको छ । 
लडाकूलाई दिने भन्दै राज्यबाट लिएको करिव १० अर्ब रुपैयाँ संस्थापन पक्षले भ्रष्टाचार गरेको र त्यसमध्ये ९ अर्ब ५० करोड प्रचण्डकै मुखमा गएको दावी सहित वैद्य पक्षले उजुरी हाल्न लागेको छ ।
राज्यकोषको यति ठूलो दुरुपयोग हुँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सार्वजनिक लेखा समिति र राष्ट्रिय सर्तकता केन्द्रमा वैद्यपक्षले उजुरी हाल्ने तयारी गरिरहेको बुझिएको छ । 

माओवादी सचिव एवं वैद्य पक्षले गठन गरेको राष्ट्रिय जनआन्दोलन समितिका संयोजक सीपी गजुरेलले बिभिन्न शिविरबाट आएको रिपोर्ट अनुसार करिव १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको र त्यो रकम कमाण्डरहुँदै प्रचण्डसम्म पुगेको वताएका छन् । त्यो रकम शिविरका लडाकूले दामासाहीले बाँड्नुपर्ने माग गरेपछि त्यसलाई मत्थर पार्न हतार हतार सेना परिचालन गरिएको गजुरेलेको दावी छ ।

यति ठूलो भ्रष्टाचार हुँदा पनि बिपक्षी दलहरु संस्थापन पक्षसँग सौदाबाजी गरेको वैद्य पक्षको आरोप छ । शिविरमा रहेका लडाकूबाट मासिक एक हजारदेखि ५ हजारसम्म उठाइएको लेवी, हुँदै नभएका करिव ३ हजार लडाकूको मासिक तलव लगायतको हिसाव गर्दा यो रकम आएको गजुरेलेको दावी रहेको छ । वैद्य पक्षका लडाकू कमाण्डर उदयबहादुर चलाउनेका अनुसार सवै डिभिजन कमाण्डरले यसवीचमा ४ देखि १२ करोड रुपैयाँ कमाउन सफल भएका छन् । 

भ्रष्टाचार काण्डमा प्रचण्डसहित बर्षमान पुन, जनार्दन शर्मा, पासाङ, बलदेव, सातै डिभिजनका कमाण्डरहरुलाई यो काण्डमा मुछ्ने तयारी वैद्य पक्षले गरेको छ । मेरो जिल्ला
Don't Miss
© all rights reserved
made with by netKUTI