राम बहादुर धामी,
तनहुँ, २० चैत । एकिकृत नेकपा माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षधरले आजदेखि देशभर जन संविधान निर्माणका लागि हस्ताक्षर अभियान सुरु गरेको छ । जस अन्तर्गत आजबाट तनहुँ जिल्लामा पनि संयुक्त राष्ट्रिय जनआन्दोलन समिती तनहुँले जन संविधान निर्माणका लागि हस्ताक्षर अभियान सुरु गरेको छ । दिगो शान्ति, जन संविधान र सहमतिय सरकारको माग राखी हस्ताक्षर अभियान सुरु गरेको माओवादी जिल्ला ईन्चार्ज हरीबहादुर चुमानले बताउनुभयो ।
तनहुँको बन्दिपुर–१, डुम्रेबजारमा आज हस्ताक्षर अभियानलाई उद्घाटन गर्दै माओवादी जिल्ला ईन्चार्ज चुमानले १० वर्षे जनयुद्धले प्रस्तुत गरेका एजेण्डाहरुलाई सम्बोधन नगरे संविधान नबन्ने जिकीर गर्नुभयो । त्यस्तै उहाँले अब बन्ने संविधानले ३०/४० वर्ष सम्म पनि मागदर्शक गर्न नसके संविधान बनाउनुकोे कुनै औचित्य नहुने कुरामा जोड दिनुभयो ।
अहिले जन संविधान निर्माणका लागि हस्ताक्षर अभियानमा १० राजनैतिक दलका पार्टी र २ वटा संगठनहरु आवद्ध रहेका छन् । यो हस्ताक्षर अभियान बैशाख महिना सम्म चल्ने र संकलित हस्ताक्षर जेष्ठको दोस्रो सातामा संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङ्गलाई बुझाउने संयुक्त राष्ट्रिय जनआन्दोलन समिती तनहुँले जनाएको छ ।