सबिता पोखरेल
१० बैशाख काठमान्डौ ।संगीत रोयल्टी संकलन समाज नेपालले रोएल्टी घाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । समाजको बिधान बिपरित रोयल्टी घटाएको भन्दै संगीतकार तथा गीतकारको एक टोलीले आईतबार संस्कृतिमन्त्री गोपाल किराँतीलाई भेटेका थिए । समाजले अघिल्लो वर्षसम्म प्रति गीत डाउनलोड गरेबापत स्रष्टालाई डेढ रुपैयाँ दिंदैआएको भए पनि यस पटक साधारणसभा नगरिकनै समाजका अध्यक्ष श्रीपुरुष ढकाल र सदस्य शम्भु राईको पहलमा डेढ रुपैयाँबाट घटाएर ५६ पैसामा झारेको भन्दै मन्त्रीसँग गुनासो पोखेका थिए ।
निर्धारित कार्यक्रमअनुसार समाजले सोमबार होटेल अन्नपूर्णमा रोयल्टी बाँड्ने कार्यक्रम गरेको भए पनि गीतकार राजेन्द्र थापाको नेतृत्वमा सुरेश अधिकारी , महेश खड्का, शान्तिराम राई, चेतन सापकोटा, हरि लम्साल, लक्ष्मण शेष, बिपिन किरण लगायतका स्रष्टाहरुको टोलीले मन्त्री किराँतीसँग भेटेर गुनासो पोखेका थिए । स्रष्टाहरुको गुनासोलाई आत्मसात गर्दै मन्त्री किराँतीले भने यो समस्या तपाईंहरुकै हो र सबै स्रष्टा मिलेर समस्या सुल्झाउनेपर्ने कुरा बताएका थिए ।
मन्त्री भेट्न जाने राजेन्द्र थापाको टोलीले भने रोयल्टी समाजले वितरण गर्न लागेको कार्यक्रमको बिरोध र बहिस्कार गर्ने गरेका थिए । जसका कारण निर्धातिर समयमा बितरण गरिने भनिएको रोयल्टी वितरणकार्य स्थगित भएको छ । संगीत रोयल्टी समाजको साधारण सभा नगरिकनै बिधानबिपरितरोयल्टी घटाएकोमा त्यसको बिरोध गर्दै नेपाली संगीत निर्देशक संघले पनि बिभिन्न ६ बँुदे माग राखेर ज्ञापनपत्रसमेत बुझाइसकेको छ ।

श्रीपुरुष ढकालले कम्पनीमा आएको पैसाको १५ प्रतिशत रोयल्टी स्रष्टालाई बितरण गर्नुपर्ने बताएका थिए भने राजेन्द्र थापाको समूहले टेलिकमले पाएको पैसाको १५ प्रतिशत रकम स्रष्टालाई बाँड्नुपर्ने बताएपछि विवाद उत्पन्न भएको थियो । समाजले बैशाख १६ गते साधारणसभा बोलाएर समस्याको टुंगो लगाउने भएको छ । म्युजक खबर डट कम