काठमान्डौ, २० चैत । चीनको नेसनल पिपल्स कङ्ग्रेस स्थायी समिति उपाध्यक्ष तथा अखिल चीन महिला महासङ्घका अध्यक्ष चेन जिलको नेतृत्वमा आएको १६ सदस्यीय प्रतिनिधिमण्डल आज नेपाल आउँदैछ । प्रतिनिधिमंडलले आजदेखि २४ गतेसम्म नेपालको सद्भावना भ्रमण गर्ने भएको छ ।
पाँच दिने भ्रमणमा भ्रमण दलले राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाध्यक्ष र उपाध्यक्ष, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलगायतका पदाधिकारीसँग भेटघाट गरी दुई मुलुकको आपसी सम्बन्ध र सहकार्यलाई अझ प्रवद्र्धन गर्ने लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको संविधानसभा सचिवालयले जनाएको छ ।
महिला, बालबालिका तथा समाजकल्याणमन्त्री र व्यवस्थापिका–संसदका महिला सदस्यसँग महिलाको अवस्थाका बारेमा छलफल गरी दुवै मुलुकका महिलाबीच रहेको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा समेत छलफल हुने कार्यक्रम रहेको जनाइएको छ ।