तनहुँ खबर संवाददाता
१७ अप्रिल, २०१२ दोहा ÷ कतार ( नेपाली नया बर्ष २०६९को अवसरमा यही अप्रिल १३ तारिखमा मनकामना नेपाली साँस्कृतिक परिवार तथा मनकामना नेपाली कलाकेन्द्रले संयुक्त रुपमा नयाँ बर्ष शुभकामना तथा रमाइलो बनभोज कार्यक्रम आयोजना गरि मनाएका छन् । कतारको रमणीय सामुन्द्रिक किनार उमसाइदमा भएको उक्त कार्यक्रममा मनकामना नेपाली साँस्कृतिक परिवार तथा मनकामना नेपाली कला केन्द्रका कलाकार, प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरुको उपस्थीति रहेको थियो । मनकामना साँस्कृतिक परिवार कतारका अध्यक्ष आश वहादुर गुरुङ्गको अध्यक्षतामा तथा गणेश वानियाको सञ्चालनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार संयोजक श्रीकृष्ण भट्टराई रहेका थिए भने अन्य अतिथिहरुमा सल्लाहकार राजु डुम्रे, जनप्रगतिशील मञ्चका महासचिब बिष्णु सापकोटा, हिरा केसी, मणिराज थापा, व्यवसायी उमेश अधिकारी तथा चाणक पोख्रेल रहेका थिए ।
प्रमुख अतिथिको आशनवाट बोल्दै सल्लाहकार संयोेजक श्रीकृष्ण भट्टराईले कला र संस्कृतिको संरक्षणमा प्रवासमा मनकामना नेपाली साँस्कृतिक परिवार एक अग्रणी संस्थारहेको र यसले नेपाली चाड पर्वहरुमा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरि नेपालमै रहेको अनुभुती दिलाएको वताउनु भयो । अन्य मुलुकका कला केन्द्र भन्दा नेपाली कलाकेन्द्र धेरै पछाडी रहेकाले अझै बृहत रुपमा अघि बढ्न अनुरोध समेत गर्नु भयो । उक्त बनभोज कार्यक्रममा मनकामना नेपाली कलाकेन्द्रका प्रशिक्षार्थी कलाकारहरुले रमाइलो साँगितीक कार्यक्रम प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए ।
कतारमा बिभिन्न नेपाली सांस्कृतिक संस्था रहेको र सबैलाई समेट्ने खालको नेपाली कला केन्द्रको आवश्यकतालाई महशुस गरि उक्त बनभोज कार्यक्रममा आश बहादुर गुरुङ्गको संयोजकत्व र चाणक पोख्रेलको सहसंयोजकत्व रहने गरि १३ सदस्यीय कार्यसमितिको घोषणा समेत गरिएको छ । जसमा सदस्यहरुमा मिलन सुव्वा, राजु डुम्रे, गंगा गौतम, मणिराज थापा श्रीकृष्ण जैशवाल, सन्तोष थापा, दिनेश गुरुङ्ग, सबिना दाहाल, बविन राई , रेशम सारु र उमेश अधिकारी रहेका छन् भने श्रीकृष्ण भट्टराईको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समितिको समेत निर्माण गरिएको छ ।