Responsive Ad Slot

latest

संगीतकार अधिकारी फिल्म निर्देशक बन्ने I

Thursday, April 19

/ by Admin BHOLA THAPA
बविता पोखरेल
संगीत र सुरेश अधिकारी एकअर्काका पर्याय हुन् । झन्डै एकसय चलचित्रमा सुरिलो संगीत भरेका यी संगीतकारले अब अर्को परिचय बटुल्न खोज्दैछन् । २०५८ सालमा माया नमार फिल्मबाट म्यूजिसियनमा डेब्यू गरेका संगीतकारले  होम प्रोडक्सनको पहिलो फिल्म तिमी मेरो म तिम्रो बाट निर्माता भैसकेका अब फिल्मको निर्देशन पनि गर्दैछन्  । जेठको अन्तिम सातावाट आफ्नो निर्देशनमा कमेडी फिल्म आईडिया बनाउँदैछन् । उनले गत चैत्र ३० गते चलचित्र बिकास बोर्डमा फिल्म दर्ता समेत गरिसकेका छन्
suresh adhikari
संगीत र सुरेश अधिकारी एकअर्काका पर्याय हुन् । झन्डै एकसय चलचित्रमा सुरिलो संगीत भरेका यी संगीतकारले अब अर्को परिचय बटुल्न खोज्दैछन् । २०५८ सालमा माया नमार फिल्मबाट म्यूजिसियनमा डेब्यू गरेका खिरिला संगीतकारले  होम प्रोडक्सनको पहिलो फिल्म ुतिमी मेरो म तिम्रोुबाट निर्माता भैसकेका यी संगीतकारले  अब फिल्मको निर्देशन पनि गर्दैछन्  । जेठको अन्तिम सातावाट आफ्नो निर्देशनमा कमेडी फिल्म आईडिया बनाउँदैछन् । उनले गत चैत्र ३० गते चलचित्र बिकास बोर्डमा फिल्म दर्ता समेत गरिसकेका छन्
कति अरुका प्रोडक्सनमा श्रम र समय खर्चनु ? निर्देशन गर्ने रहर त थिएन तर क्रिएटिभ काममा कसैकसैले मनको भित्री ईच्छाको तारलाई हल्लाई दिएकाले अब डाईरेक्सनमा जम्प गर्दैछु, अधिकारीले भने । उनलाई जीवन पौडेल  र सुधिर पाण्डेले फिल्म निर्माणमा सहयोग गर्नेछन् । फिल्म पूर्ण रूपमा कमेडी शैलीको हुनेछु, दिनेश न्यौपानेले तयार गरेको स्क्रिप्टमा केन्द्रित रहेर अधिकारीले भने । म्यूजिसियन मान्छे डाईरेक्सनमा डेब्यू आफ्नो फिल्ममा पनि आफैले म्यूजिक दिने त होला नि १ भन्ने जिज्ञासामा अधिकारीले भने, काष्ट फाईनल गरिएको छैन त्यसैले म्यूजिकको बिषयमा अहिले भन्न सक्दिन हेरौं म आफैले पनि गर्न सक्छु वा नयाँलाई पनि चान्स दिन सक्छु । सुरेशले भने अब आफै फिल्म बनाउने आफै निर्देशक बन्ने र आफै संगीतकार हुने ।
सेलेक्टेड फिल्ममा मात्र म्यूजिक दिने अधिकारीले केही दिनमा फिल्म निर्देशनमा जम्प गर्ने बिषयमा अफिशियल एनाउन्स गर्दैछन् । यस्तै माया नमार जुन फिल्मलाई रमित ढुङ्गानाले निर्माण गरेका थिए सोही फिल्मबाट यो क्षेत्रमा पाईला बढाएका अधिकारीले रमितले निर्माण गर्न लागेको मेघा प्रोजेक्टको नयाँ फिल्म बुद्ध बर्न ईन नेपालु लाई पनि निर्देशन गर्ने पक्का भएको छ । यो बिषयमा उनले भने, मलाई जुन ब्यानर (एसके फिल्मस) ले म्यूजिसियनमा डेब्यू गराएको हो उसैले आफ्नो अर्को प्रोजेक्टमा निर्देशकको रूपमा पत्याएकाले खुशी लागेको छ । सोही अनुरूप मैले विभिन्न होमवर्क पनि गरिरहेको छु ।
करिव एक दशकअघि प्रदर्शन भएको चलचित्र माया नमार’ मार्फत अधिकारीले चलचित्र संगीतकारका  रूपमा डेब्यू गरेका हुन्। उक्त चलचित्रको मुग्लानपारि तरेर गण्डकी।।।’ लोकप्रिय भएपछि संगीतकारका रूपमा अधिकारीले फुर्सदले बस्न पाएनन्। एकपछि अर्को गर्दै अधिकारीको पो ल्टामा संगीत भर्नुपर्ने चलचित्रको संख्या बढ्दै गयो।
Don't Miss
© all rights reserved
made with by netKUTI