कपिल ज्ञवाली
६ बैशाख बुटवल । नेपाल बिद्यार्थी संघले ४२ औं स्थापना दिबस को अबसरमा आज बिभिन्न कार्यक्रम गरेको छ । ४२ औं वर्षगाँठको अवसर पारेर नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसले सो क्याम्पसको शैक्षिक तथा भौतिक पुर्वाधार सुधारका विषयलाई लक्षित गरी अन्तरक्रिया गरेको छ ।
६ बैशाख बुटवल । नेपाल बिद्यार्थी संघले ४२ औं स्थापना दिबस को अबसरमा आज बिभिन्न कार्यक्रम गरेको छ । ४२ औं वर्षगाँठको अवसर पारेर नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसले सो क्याम्पसको शैक्षिक तथा भौतिक पुर्वाधार सुधारका विषयलाई लक्षित गरी अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा पूर्व सांसद सुर्यप्रसाद प्रधानले पश्चिमाञ्चल क्षेत्रको दोस्रो ठूलो क्याम्पस भएपनि यसको शैक्षिक बिकास, भौतिक पूर्वाधार निर्माण तथा संरक्षणमा कसैको ध्यान जान नसक्दा क्याम्पसको अवस्था लथालिङ्ग भएको औंल्याउनु भयो । उहाँले क्याम्पसको पठन–पाठन, भौतिक पुर्वाधार बिकास, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि क्याम्पस प्रशासन, प्राध्यापक बिद्यार्थी संगठनहरु तथा सामाजिक कार्यकर्ता समेत एक भएर लाग्नुपर्ने बताउँदै यस्तो महत्वपूर्ण क्याम्पसको साख घटाउन नहुने बताउनु भयो ।
नेबिसंघ इकाई सभापति लोकप्रसाद खरेलको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस रुपन्देहीका कार्यसमिति सदस्य रामबहादुर कार्की, क्षेत्र नं. ४ रुपन्देहीका सचिव काजिमान श्रेष्ठ, बटवल नगर सभापति खेलराज पाण्डे, सचिव प्रजापाल गिरी, नेबिसंघ रुपन्देहीका उपसभापति मिलन थापा, सचिव बिष्णु पोखरेल, क्याम्पसका पूर्व इकाई सभापति मुक्ति पौडेल, निमित्त क्याम्पस प्रमुख शिव पौडेल, प्राध्यापक संघका सभापति टेकराज अर्याल लगायतले संघको स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन सचिव नारायण पोखरेल तथा स्वागत कोषाध्यक्ष कृष्ण भण्डारीले गर्नुभएको थियो ।
त्यस्तै बुटवल स्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा पनि नेबिसंघको स्थापना दिवसको अवसरमा संबिधान निर्माणमा बिद्यार्थीको भूमिकाको बिषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बिद्यार्थीहरुले निर्धारित मितिमा संबिधान बनाउनका लागि दवाव दिनुपर्ने धारणा राखेका थिए भने उनीहरुले नेपाल बिद्यार्थी संघको महाधिवेसनको तिथी–मिती तोक्नका लागि पनि आग्रह गरेका थिए ।
इकाई सभापति बिनोद घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रकाश घिमिरे, अर्जुन गौतम, शशिराज वेलवासे लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव जगदिश पोख्रेलले गर्नुभएको थियो