Responsive Ad Slot

latest

गाउमा दुध नपाएपछि व्यबसायिक गाई फार्म संचालन I

Friday, April 13

/ by Admin BHOLA THAPA



कपिल ज्ञवाली
१ बैसाख बुटबल ।
पाल्पा मदनपोखराका एक युवक अन्य व्यबसाय छोडेर गाई पालन व्यबसायमा लागेका छन । यातायात क्षेत्रमा लामो समयदेखी व्यबसाय गर्दै आएका मदनपोखराका सुकदेव रिजालले आफनै घरमा गाई फार्म खोलेर व्यबसायिक पुशपालनमा लागेका हुन । किसानको गाउँ भनेर प्रचलित भएको आफ्नै गाउँ मदनपोखमा प्रशस्त दुध नपाएपछि कृषक रिजालले गाई पालनमा व्यबसायमा अग्रसर भएका हुन ।
 गत श्रावणमा  घरपरिवारमै दुध खान १ वटा उन्नत जातको गाई किनेर ल्याएका रिजालले दुध बाट राम्रो आम्दानी देखेपछि उनमा व्यबसायिक रुपमै गाईपालनको सोच आएको हो । अहिले उनीसंग दुहुनो ९ वटा र अन्य १२ वटा गरी २१ वटा उन्नत जातको जर्सि गाई रहेका छन । हाल उनले दैनिक रुपमा विहान साझ गरी २ सय लिटर दुध विक्रि गर्दै आएका छन ।

 गाईहरु लाई घासको जुटाउने देखी, गोवर सरसफाई, गाई दुहुने काम रिजाल एक्लैले गर्दै आएका छन । गाईपालक रिजालले आफ्नै डेरी संचालन गरी दुधका बिभिन्न परिकारहरु बनाएर गाउँमै बिक्रि बितरण गर्दै आएका छन । कृषक रिजालले दुधालु घासमा पराल मिसाएर मसिनो गराएर कटान गरी दाना सहित खुवाउने गरेका छन । गाईहरुको लागी आधुनिक थरी, आधुनिक भकारो, पानी खुवाउने आधुनिक प्रविधीको प्रयोग गर्दै आएका छन । लहलहैमा पशुपालनमा लागेपनि अहिले आफुलाई पशुपालन व्यबसाय अनुसन्धानकर्ताको रुपमा महशुस भएको उनको भनाई छ । गाई पालनको लागी नगद मात्र २३ लाख सबैखर्चको जाहो गर्दा २७ लाख रुपैया लगानी भईसकेको कृषक रिजालले बताए । 
अझैपनि अधिकांश किसानहरुले व्यबसायको नाममा हिजोको जस्तो परम्परागतशैली बाट पशुपालन गरेको कारण पशुपालन व्यबसाय छोडी अन्यन्त्र पलायमान भएको कामकै शिलशिलामा अनुसन्धानको रुपमा पाएको कृषक रिजालले बताए । गाईको घास र दाना तथा दुध ओसारपसार गर्नको लागी कृषक रिजालले टाटा भ्यान लिएका छन जसको कारण उनले भनेको बेला घास र दान सजिलै उपलब्ध गराउन सजिलो भएको छ ।


 गाई फार्म बाट रिजालले संकलन गरेको मुत्र लिफ्टििग गरी तरकारी खेती गर्दै आएका छन । रिजालले एकल रुपमा जिल्लामै ठुलो गाई फार्म संचालन गरेकोले जिल्ला पशु सेवा कार्यालय पाल्पाले नगद ६० हजार सहयोग गरेको पशु सेवा केन्द्रका प्रमुख देविराम मरासिनीले बताए । अहिले गाउघरमा एक एक वटा पशुपालन गर्ने अबस्था बाट बिस्तारै कृषकहरु विस्थापित हुदै एकल तथा सामुहिक रुपमा व्यबसायिक रुपको पशुपालनमा अग्रसर हुन थालेका छन । तर जिल्लामा पशुपालन व्यबसायलाई व्यबसायिकता बनाउदै लैजान जिल्ला पशु सेवा कार्यालय राम्रो सहजिकरण गर्न सकेको छैन । गाउ गाउमा पुगेर व्यबसायिक पुशपालन बारे किसानहरु लाई प्रशिक्षण दिन पनि कार्यालयले सकेको छैन । नजिकका स्थानमा कृषकहरुले राम्रो काम गरेको स्थानमा अनुगमन तथा भम्रण लगेर आएको बजेट पचाउन काम मात्र जिल्ला पुश सेवा कार्यालय पाल्पाले गर्दै आएको छ  । 

Don't Miss
© all rights reserved
made with by netKUTI