कपिल ज्ञवाली
८ बैशाख बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता चन्द्र भण्डारीले पार्टि भित्रको किचलो चाडै नै अन्त्य हुने बताउनुभएको छ । आफ्नो जेनेरेसनले किचलो अन्त्यको लागि केन्द्रमा ठोस पहल गरेको बताउंदै उहाले छिट्टै नै निचोड निस्कनेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस बुटवल नगर समितिले आज बुटवलको गणेशमान स्मृति भवनमा आयोजना गरेको सम्मान तथा क्यालेण्डर बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले दुनिया परिबर्तन भैसकेकाले पाटिलाई पुरानै शैलीबाट अगाडि बढाउन नहुने उहाको भनाइ छ ।
हरेक दर्शनहरु १ सय बर्षमा असफल हुने बताउनुभयो । कम्यूनिष्टहरुको भबिष्य भन्दा प्रजातन्त्रबादीको भबिष्य लामो हुने तर्क गर्दै नेता भण्डारीले कम्यूष्ठहरुले मुडे बलको आधारमा राजनीति गरेको टिप्पणी गर्नुभयो ।
नगर समिति सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका भात्रृ संगठनमा मानोनित तरुण दलका केन्द्रीय सदस्य चिरञ्जिबी जोशी,नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य जमुना ढकाल,नेपाल महिला संघकी केन्द्रिय सदस्य रिजन श्रेष्ठ लाई केन्द्रिय सदस्य भण्डारीले सम्मान गर्नुभएको थियो ।
शान्ति प्रकृया र संबिधान निर्माणमा कांगे्रसले अहम भूमिका निर्बाह गरेको बताउनुभयो । संबिधान निमाणका बेला शिर्षस्थ नेताहरु साना कुरामा अल्झिरहेको उहाको भनाई छ । पार्टिका बरिष्ठ नेता शेर बहादुर देउवातर्फ ईङ्गित गर्दै प्रजातन्त्रमा बहिस्कारको राजनीति सफल नहुने उहाको कथन छ ।
कार्यक्रममा पूर्व बिधायक सूर्य प्रसाद प्रधान,महासमिति सदस्य यूवराज गिरी,जिल्ला सदस्य राम बहादुर कार्की,हरि श्रेष्ठ,क्षेत्रिय सचिब काजिमान श्रेष्ठ,सम्मानित ब्याक्तित्वहरु लगायतले बोल्दै पार्टी सुढृडिकरण अभियान आजको प्रमुख आबश्यकता भएको बताएका थिए ।