कपिल ज्ञवाली
४ बैसाख, बुटवल । १५ सुत्रिय माग राख्दै नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक यूनियनले दोश्रो चरणको आन्दोलन थालेको छ । यूनियनले आज मुलुकभरका उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गतका क्षेत्रिय सम्पर्क कार्यालयमा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।केन्द्रिय कार्यक्रम अनुसार बुटवलको हाटबजारमा रहेको परिषद्को क्षेत्रिय कार्यालयमा पनि तालाबन्दी गरेको शिक्षक यूनियनका केन्द्रिय सदस्य डिबि रेश्मीले बताउनुभयो ।
उच्चमाबिलाई आर्थिक दायित्व सहित स्थायी सम्बन्धन दिनुपर्नै,बिषयगत शिक्षक दरबन्दी गरिनुपर्ने,बिगतमा भएका सहमति र सम्झौताको पूर्ण रुपमा पालना गर्नुपर्नै,सेवा सर्त र सुबिधा स्पष्ट हुनेगरि ऐन नियमाबली बनाउनुपर्नै लगायतका १५ सुत्रिय मागहरु अगाडि सार्दै शिक्षकहरुले दोश्रँे चरणको आन्दोलन थालेका हुन् । बुटवलको क्षेत्रिय कार्यालयमा शिक्षक यूनियनको तालाबन्दी हुने भनिएपछि कुनै अप्रिय घटना नघटोस् भन्नका लागि स्थानिय प्रशासनले प्रहरी परिचालन गरेको थियो ।