Responsive Ad Slot

latest

कतारमा २५५६ औं बुद्ध जयन्ती मनाउने तयारी I

Friday, April 27

/ by Admin BHOLA THAPA
दोहा  बैशाख १५ गते ।  २० अप्रिल २०१२ का दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष मान बाहदुर सावाको अध्यक्षतामा बसेको एक भेलाले नेपाल र नेपालीलाई विश्वमा चिनाउने शान्तिका अग्रदूत महा मानव भगवान गौतम बुद्धको  २५५६ औं जन्मजयन्ती कतारमा हरेक वर्ष झै नेपली राजदूतावसमा ११ मे २०१२ शुक्रवारका दिन मनाउनको लागि नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङको संयोजकत्वमा १३ सदस्य बुद्ध जयन्ती मुल समारोह समिति गठन गरिएको छ ।

नेपाल प्रवासी तामाङ समाज कतार, तमु बौद्ध सेवा समिति शाखा कतार, थारु कल्याणकारिणी सभा कतार च्याप्टर, नेपाल प्रवासी शेर्पा संघ, कतार र नेपाल प्रवासी मगर संघ, कतार गरी जम्मा ५ वटा संस्थाहरु आयोजक रहने २५५६ औ बुद्ध जयन्ती मुल समारोह समितिमा सह संयोजक ई. विद्यानन्ध चौधरी, सचिव विमल गुरुङ, अर्थ संयोजक भिम तरामु मगर र सदस्यहरुमा क्रमसः सत्य नारायण चौधरी, सियाराम चौधरी, कृष्ण गुरुङ, मदन गुरुङ, कुमार मोक्तान तामाङ, माईला वाईवा तामाङ, राजकुमार तामाङ, खिम राना मगर र महेन्द्र थापा मगर रहेका छन् भने नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले बुद्ध जयन्ती आयोजक मातृ संस्थाहरु बिचको समन्वय तथा संयोजनको भुमिका निर्वाह गरेको छ । साथै सोही बैठकले नै विभिन्न उप समितीहरु बनाई कार्य विभाजन गरि २५५६ औं बुद्ध जयन्ती सफल बनाउनको लागि अन्तिम तयारीमा जुटेका छन ।

भगवान बुद्ध आज भन्दा ४८३ ई.पु. मा ८० बर्षको उमेरमा महापरिनिर्वाण गरि यस संसारलाई छोडी जानु भएको थियो तर पनि उहाँले दिनु भएको दया र करुणाको महान सागर हामी सामु सधैँ ताजा रहि रहने छन, जुन केबल मानवहरुको लागि मात्र नभई सबै लोकमा रहने सम्पूर्ण प्राणी जगतको हितमा छ । अनी उहाँले भन्नु भएको छ “यस जगतमा बुद्ध केबल म मात्र होइन की पहिले नै हजारौँ बुद्धहरुको जन्म भइसकेको थियो र भबिष्यमा पनि बुद्धको जन्म भइरहने छ ।” फेरी उहाँले आफ्नो चेलाहरुलाई सम्झाउँदै भन्नु भयो “सम्पूण प्राणी जगतमा बुद्ध प्रकृति वा गुण हुन्छ र बुद्धत्व प्राप्त गर्न सकिन्छ । बुद्ध धर्मको मुख्य दुई उद्धेश्य छन् , आफुले स्वयमं आफैँलाई चिन्नु र बुद्धका उपदेश सिक्नु ।” हामीले आºनै बारेमा जान्नका लागि आफैमा अन्तर निहित दुई गुणको बोध हुनु पर्छ । यस्ता गुणहरुमा पहिलो हो– सामान्य गुण जस्ले हामीलाई नरमाइलो अनुभव, दुःख, डर, रिस र लोभ लाग्छ । त्यस्तै अर्को गुण हो – सत् गुण जसले हामीलाई पवित्र, ज्ञानी र वास्तविक बनाउँदछ र बौद्ध धर्ममा यसलाई बुद्ध गुण भनिन्छ । हामी मानव र बुद्ध बिचको फरक भन्नु नै के छ भने सत गुण नभएका हामी सामान्य मानव वास्तविक जीवनबाट बिउँझेको छैनन् भने सत गुण युक्त महामानव बुद्ध बिउँझेका छन् र बुद्ध शब्दको शाब्दिक अर्थ लगाउँदा ब्यूँझीएको भन्ने बुझिन्छ ।


२००४ देखी कतारमा लगतार मनाउदै आई रहेको बुद्ध जयन्तीको अवासरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै सम्पूर्ण प्राणी जगतमा सुःख, शान्ति, संमृद्धि एवं सु–स्वस्थाको कामना गर्दै यास कार्यक्रमलाई सफल बनाउनको लागि मे ११ का दिन नेपाली दूतावासमा उपस्तिथीको लागि मुल समारोहा समिति यसै समाचार मार्फत सम्पुर्ण कतारवासी नेपालीहरुलाई हार्दिक आमन्त्रण गर्दछ ।

साथै बैदेशिक रोजगारको चपेटामा परेर आफ्नो प्रियजनबाट टाढा रहनु परेता पनि आफ्नो भाषा, धर्म, कला, संस्कृति, रितिरिवाज आदिको संरक्षण तथा उत्थान गरी आफनो समाज तथा राष्ट्रको गरिमालाई सधैँ उच्च राख्ने राष्ट्र प्रेमको भावना राख्ने महानुभावहरु प्रति २५५६ औं बुद्ध जयन्तीको अवसमा सम्पुर्ण प्राणि जगतमा शान्तिको कामना गर्दै हार्दिक हार्दिक शुभकामना टक्रयाउदछौ ।

ओंम मानि पदमे हुं † ओंम मानि पदमे हुं †† ओंम मानि पदमे हुं †††
जय बुद्ध †

बिनेश तामाङ
महासचिव – नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार
संस्थापक तथा सल्लाहकार – नेपाल प्रवासी तामाङ समाज कतार

Don't Miss
© all rights reserved
made with by netKUTI