काठमान्डौ २१ चैत । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लैङ्गिक हिंसालाई सून्य सहनशिलताको नीति ल्याएर सरकारले कानूनी कारवाही सुरु गर्ने बताउनु भएको छ । सञ्चारिका समूहले बिहान काठमाण्डुमा गरेको लैगिक हिंसा निवारणः सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री भट्टराईले व्यवहारिक कार्ययोजना तयार गरी लैलिंग हिंसामा संलग्नलाई कारवाही गर्न सरकारले निर्णय गरी सकेको जानकारी दिनुभयो ।
हिंसाको चपेटमा परेका महिलाको लागि उद्धार र सुरक्षित आश्रय स्थलको खाँचो रहेको उल्लेख गर्दै प्रधानमन्त्री भट्टराईले हिंसाजन्य अपराधका घटना निवारणका लागि सरकारले कानूनी संरचना तयार गर्ने पनि बताउनुभयो । महिला हिंसा गर्भबाटै सुरु हुने गरेको उल्लखे गर्दै प्रधानमन्त्रीले हिंसा अन्त्यका लागि समूहिक पहलका लागि सबैलाई आह्वान गर्नुभयो ।
आधा आकाशमा वादल लागेसम्म र आधा धर्तीमा हिंसा कायम रहेसम्म संसारमा शान्ति पनि नहुने भन्दै प्रधानमन्त्रीले हिंसा अन्त्यका लागि नागरिक तथा सरोकारवाला निकाय सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।