Responsive Ad Slot

latest

बैङ्कको पहुँच नभएको ठाउँमा घुम्ती कोष प्रभावकारी I

Sunday, April 15

/ by Admin BHOLA THAPA

कमल खत्री,
३ बैशाख म्याग्दी ।गाउँ गाउँमा बैङ्क तथा वित्तीय संस्थाको पहुँच नपुगेका ठाउँहरुमा महिला समूह तथा सामुदायिक वनको घुम्ती कोषले आर्थिक समस्या समाधानको साथै आयआर्जनका क्षेत्रमा समेत प्रभावकारी भूमिका खेल्न थालेका छन् ।

लगानीकै अभावमा ऋण लिन नसकेर समय बर्बाद हुने र अर्कातिर आयआर्जनको क्षेत्रमा समेत कुनै परिवर्तन नहुने परिपाटीको विकास भइरहेको अवस्थामा गाउँ गाउँमा रहेका सामुदायिक वन उपभोक्ता समितिको घुम्ती कोष र महिलाहरुको आकस्मिक कोषले विनाधितो न्युन आम्दानीको स्रोत भएका घरधुरीलाई ऋण दिन थालेपछि आयआर्जनमा सहज हुन थालेको हो ।
 सामुदायीक बनबाट ऋण लगेर आयआर्जनका क्षेत्रमा लगानी गर्न थालेपछी महिलाहरुको समेत आयस्तर वृद्धि हुदै गएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI