कठमान्डौ बैशाख १५ गते । नुवाकोट त्रिशुली अस्पताल बाट करिव १२ किमी टाढाबाट सुत्केरी गराउन आएकी खानी गाउँ ५की संगीता ढकाललाई नुवाकोट सेवा समाज दोहा, कतारले संचालनमा ल्याएको एम्वुलेन्सले निशुल्क सेवा प्रदान गर्दै आफ्नो सेवा सुचारु गरेको छ ।
२०१०मा जिल्लामा एम्वुलेन्स संचालन गर्नको लागी भन्दै समाजले आर्थीक संकलन सुरु गरेको थियो । प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले एक कार्यक्रमका बिच एम्वुलेन्स सेवाको उदघाटन गरेका थिए । सो अवसरमा त्रिसुली अस्पतालमा रहेका बिरामीहरुलाई समाजले फलफुल बितरण गरेको थियो ।
२०१०मा जिल्लामा एम्वुलेन्स संचालन गर्नको लागी भन्दै समाजले आर्थीक संकलन सुरु गरेको थियो । प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले एक कार्यक्रमका बिच एम्वुलेन्स सेवाको उदघाटन गरेका थिए । सो अवसरमा त्रिसुली अस्पतालमा रहेका बिरामीहरुलाई समाजले फलफुल बितरण गरेको थियो ।
‘कतार बाट गरिएको यस्तो कार्यको हामीले उच्च कदर गर्नु पर्छ, ’ प्रमुख जिल्ल अधिकारि भरतमणी पाण्डेले भने – ‘राजधानीबाट नजिकै रहेर पनि हामीकहाँ दक्ष चिकीत्सकको अभाब छ । अफठ्यारो परेको ठाउँ, दुर दराजमा गएर समेत सेवा दिनु पर्छ त्यसैले यसलाई राज्यले राजस्व छुट गरिदिएको छ । ’ सेवा नाफा रति ढंगले संचालनमा ल्याउन आग्रह गरे । अफ्ठयारो परेको बेलामा बिरामीहरुलाई बिशेष गरी रातीको, दुर दराजमा गएर सेवा प्रदान अस्पतालका सुपरिटेन्डेन्ट गर्नु पर्ने बताउँदै अस्पतालका सुपरिटेन्डेन्ट रमेश सिंले भने – ‘अव रातीको समयमा बिरामीहलाई अन्त कतै रेफर गर्नु प¥यो भने माइक्रो बस खोजी रहनु नपर्ने भयो ।’
जिल्लामा हाल यो सहित ६ बटा एम्बुलेन्स संचालनमा आए पनि रेडक्रसको एउटा एम्वुलेनस भने बिग्रीएर ग्राउण्डेड भएको छ । ‘आर्थीक अवस्था नाजुक भएका बिरामीहरुलाई हामीले निशुल्क सेवा प्रदान गर्ने छौं’ समाजका अध्यक्ष उपेन्द्र ओझाले भने । ‘गाँस कटएर पठाएको सहयोगको सहि सदुपयोग हुनुपर्नेमा जोड दिंदै जबच्चुराम बोगटीले भने एम्बसलेन्सले नुवाकोट र रसुवा जिल्लालाई कार्य क्षेत्र बनाउने छ ।
जनस्वास्थ्य प्रशासन अनुगमन तथा मुल्याकंन महाशाखा अन्र्तगत एम्वुलेन्स सेवा संचालन नीति २०६० अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार ‘ग’ वर्गमा रहेर संचालन हुने भएको छ ।