कपिल ज्ञवाली
बुटवल, २५ चैत ।
नेपाल सुनचांदी ब्यबसायि संघ रुपन्देहीको आठौं साधारणसभा तथा चँैथो अधिबेशन आज बुटवलमा भएको छ । साधारणसभामा बोल्ने बक्ताहरुले पेशागत असुरक्षाका कारण ब्यबसायि बिस्थाफितको खतरामा रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै नेपाल सुनचांदी ब्यबसायि संघका केन्द्रिय अध्यक्ष तेजरत्न शाक्यले ब्यबसायीको हकहितका लागि सरकार गम्भिर बन्न नसकेको आरोप लगाउनुभयो । उहाले रुपन्देहीका ब्यबसायिलाई थप एकताका साथ अगाडि बढ्न निर्देशन पनि दिनुभयो ।
सो अबसरमा जिल्ला अध्यक्ष जोगलाल बिकले संघको बार्षिक प्रतिबेदन तथा कार्ययोजनाका बारेमा जानकारी दिनुभएको थियो ।कार्यक्रममा पश्चिमाञ्चल उपाध्यक्ष मोहन बिक, मध्यमाञ्चल उपाध्यक्ष ज्ञानुराज शाक्य,राजन बिक ,प्रेम सेन्चुरी बिक्रम सुनार,यसरत्न बजा्राचार्य,हरि बिक,रुपन्देही ब्यापार संघका टंक पोखरेल,उद्योग संघका बोनिन पिया,एकिकृत माओबादीका माधब शर्मा,एमालेका लिला गिरि,कांगे्रसका हरि आचार्य क्षेत्री,जनमकोर्चाका पदम श्रेष्ठ,एमबि बिश्वकर्मा लगायतले बोल्नुभएका थियो ।