Responsive Ad Slot

latest

शान्ति प्रकृयालाई कसैले रोक्न सक्दैन : बिष्ट I

Thursday, April 19

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली
७ बैशाख बुटवल । पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र बिष्ट मगरले शान्ति प्रकृया टुगिंने अबस्थामा पुगेको बताउनुभएको छ ।दलहरुबिचको समझदारिले शान्ति प्रकृयाका बाकी काम पनि अब छिट्टै टुगिंने उहाको दाबि छ । मन्त्री विष्टले शान्ति र संविधानको यात्रालाई कसैले रोक्न नसक्ने बताउनुभयो । 

आदिवासि जनजाति जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनमा आज बुटवलमा भएको राज्य पुर्नसंरचना,संघियता र आई.एल..ओ १६९ बिषयक गोष्ठिलाई सम्बोधन गर्दै मन्त्रि मगरले यस्तो बताउनुभएको हो । उहा“ले शान्ति प्रकृयाको महत्वपूर्ण पाटो मानिएको लडाकु समायोजनको काम लगभग अन्तिम चरणमा पुगेकाले अब शान्ति र संविधानले मुर्त रुप लिएको बताउनुभयो ।

उहाले लडाकुलाई सेनामा समायोजन गराएको सन्दर्भमा विभिन्न टिप्पणी आएको उल्लेख गर्दै त्यो शान्ति र संविधान विरोधी कुरा भएको बताउनुभयो । ए माओबादीका पोलिटब्यूरो सदस्य समेत रहेका विष्टले पार्टी नेतृत्वले सेनालाई सहि ढङगले समायेजन गरेको बताउदै प्रसव पिडा आमालाई मात्र थाहा हुने भन्दै भावना बहकिएर सस्ता क्रान्तिको कुरा नगर्न आग्रह गर्नुभयो । संघियता र राज्यपुर्नसंरचना अलग अग पाटो रहेको बताउदै मन्त्रि विष्ट मगरले जातिय पहिचान सहितकै प्रदेश तय हुने दावी समेत गर्नुभयो ।

राज्यपुर्नसंरचना संघियता र आई.एल.ओ.१६९ को भावना र मर्म अनुसार संघिय प्रदेश हुने समेत उहाँको भनाई थियो । आदिवासि जनजाति जिल्ल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष धन बहादुर गुरुङ लामाको अध्यक्षता,सपना गुरुङको संचालनमा भएको कार्यक्रममा छन्त्याल संघ रुपन्देहीका दल बहादुर छन्त्याल,नेपाल मगर संघ रुपन्देहीका संयोजक अमर बहादुर थापा,नेकपा एकिकृतका पिताम्बर पुन,जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत दुर्गा श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI