लक्ष्मीराना भाट,
३ बैशाख तनहुँ, । तनहुँको ढोरफिर्दी गाविस वडा नं ७ घारीका महिलाहरुले जुवा तास तथा मदिरा नियन्त्रण अभियानमा सक्रिय भएका छन् । महिलाहरुको सस्था एकता महिला जागरण समूहको पहलमा स्थानिय ८ बटा होटलमा छापा मारी झण्डै एक लाख रुपैयाँ बराबरको मदिरा नष्ट पनि गरिएको छ । समाजमा मदिराका कारण हुने विकृती हटाउन यस्तो अभियान चलाइएको महिलाहरुको भनाइ छ ।
स्थानिय स्याउली बजार आमा समूह, तालबेसी आमा समूह र मालेबगर आमा समूह ढोरफिर्दी घारीको संयुक्त पहलमा एकता महिला जागरण समूह गठन गरी यस्तो अभियान चलाइएको हो । जुवा तास तथा मदिरा बेच बिखन गरेमा गर्नेलाई १५ सय रुपैयाँ र किन्नेलाई १ हजार रुपैयाँ जरिवाना गरिने पनि उनीहरुले निर्णय गरेका छन् ।