खेमनाथ पौडेल
यूएई विश्व साईकलयात्री सौरभ दाहाल ४६ औं राष्ट्र भ्रमणकोलागि ओमान जाने भएका छन् । दुईसाता लामो यूएईको भ्रमण सकी एक हप्ताकोलागि नेपाल फर्केका दाहाल समान शिक्षा तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश लिएर सन् २००२ देखी विश्व भ्रमणमा निस्केका हुन् । यूएईमा करिव १०२ किलो मिटर साईकल कुदाएका दाहाल खाडी राष्ट्रहरुका हाईवेहरुमा साईकल कुदाउने छुट्टै ट्रयाक्क नभएको कारण हाईवेमा साईकल कुदाउन नसकेको बताए । यूएईको अबुधावी स्थित कर्निसमा भने उनले मज्जैले साईकल कुदाए । विषेश गरेर साईकल कुदाउनकोलागिनै बनाईएको उक्त कर्निसमा यूएईका लोकल महिलाहरुले उनको बारेमा खुबै चासो लिएका थिए । साना नानीहरु पनि उनीसंगै साईकल कुदाउन ईच्छुक देखिन्थे । यूएईको यात्राको क्रममा दाहालले भने खाडी देश यूएई यस्तो होला भनेर सोचेको थिईन, यूएर्ईको यात्राले मलाई यूरोपको यात्राको झल्को दियो, भर्खरै कतार भ्रमण सकेर आएका दाहाल कतार भन्दा दुवई धेरै छिटो विकास भएको वताए ।
दुई साताको बसाईमा दाहाललाई यूएईका विभिन्न संघसंस्थाहरु नेपाली समाज, एनआरएन एनसीसी, प्रवासी नेपाली संघ, प्रत्थरी समाज, चितवन समाज, नेपाली एकता समाज लगायतका अन्य संघसंस्थाहरुले विषेश सम्मान गरेका थिए साथै अबुधावीको एक कार्यक्रममा भू.पु उपप्रधान मन्त्री, प्रराष्ट्र मन्त्री तथा गृह मन्त्री केपी ओलीले पनि विषेश सम्मना गरेका थिए । यूएईमा रहँदा उनी विश्वको सबैभन्दा अक्लो टावर बुर्ज खलिफा, विश्वको सबैभन्दा ठूलो मल दुवई मल, लगायतका अन्य स्थानहरुमा साईकल सहित पुगेका थिए ।
कतारदेखी यूएई सम्म भिषा, आवास तथा खानाको व्यवस्था तथा नेपाल फर्कन समेत एनआरएन एनसीसी यूएईले सहयोग गरेको थियो भने ओमानको भिषाकोलागि एनआरएन एनसीसी यूएईले एनसीसी ओमानलाई अनुरोध गरी भिषा उपलब्ध गराएको थियो । ओमानमा आवास तथा खानाको व्यवस्था एनआरएन एनसीसीले नै गर्ने ब्यवस्था गरिदिएको यूएई एनसीसी अध्यक्ष चन्द्र रोकाहाले बताए ।
नेपाल फर्कने क्रममा दाहालले यूएईमा आफ्नो भ्रमणकालमा विभिन्न समयमा विभिन्न किसिमले सहयोग पु¥याउने सम्पूर्ण एनआरएन नेपालीहरुलाई धन्यवाद दिएका थिए ।