Responsive Ad Slot

latest

कतारका कार्यवाहक राजदुत तथा कवि नियात्राकार छाङ्छा प्रकृया सम्मान पुरस्कारबाट सम्मानित I

Saturday, April 7

/ by Admin BHOLA THAPA

रवि रोषी दोहा
कवि, नियात्राकार जय छाङ्छालाई प्रकृया प्रकाशनको रजत जयन्तीको अवसरमा प्रकृया सम्मान पुरस्कारबाट बिभूषित गरिने भएको छ । सन् १९८७ मा भारतको सिक्कीम राज्यमा स्थापित सो प्रकृया प्रकाशनमा कवि तथा नियात्राकार छाङ्छाले नियमित रुपमा उत्कृष्ट रचनाहरु दिँदै आएका थिए । प्रकृया प्रकाशनले उत्कृष्ट रचना प्रेषण गर्ने कवि, साहित्यकार तथा विभिन्न अन्य विधाका हस्तीहरुलाई सम्मान गर्दै आउने गरेको छ । सोही क्रममा उक्त पुरस्कार आउँदो अप्रिल २१ का दिनी सिक्कीमको राजधानी गान्तोकमा प्रकृया प्रकाशनले समर्पण गर्ने भएको छ ।

कवि तथा नियात्रकार छाङ्छाले हाल सम्म छाङ्छाको प्रेम कविता र पोटोम्याकको किनारमा २ कविता संग्रह अंग्रेजी तथा नेपाली २ भाषामा बजारमा ल्याईसकेका छन् भने कंगारुको देश देखि आईफेल टावरसम्म, चाप फुल्ने पहाड मुन्तिर, बादल रुँदाको जुरिच र बिव्ल्याँटो आकाशको धरातल तिर नामक ४ उत्कृष्ट नियात्रा पनि बजारमा ल्याईसकेका छन् ।

त्यस्तै गरी आफु अमेरिका रहँदाको अनुभवलाई संगालेर अमेरिका जानेहरुको लागि इंगित गरी सहजताका लागि तयार गरिएको अमेरिका यात्रा अध्ययन र इलम नामक रत्न पुस्तक भण्डारमा सर्वाधिकार रहेको गाईडबुक अहिले सम्मकै सवै भन्दा धेरै बिक्री भएको पुस्तकमा पनि दर्ज भएको छ । स्मरण रहोस्, कवि तथा नियात्राकार जय छाङ्छा राई कतारका लागि नेपाली राजदुतावासका कार्यबाहक राजदुत पनि हुन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI