पवन पौडेल
३० चैत तनहुँ । भावी संविधानमा युवाहरुलाई वेरोजगार भत्ता भन्दा पनि स्वरोजगारलाई प्रोत्साहन हुनेखालका प्रावधान राखिनुपर्नेमा आज दमौलीमा आयोजित एक कार्यक्रमका सहभागि युवाहरुले जोड दिएका छन् ।
युवा शान्ति संवाद केन्द्र तनहुँद्धारा आयोजित भावि संविधानको खाकामा रहेका युवा सवालका बिषयमा छलफल गोष्ठीका सहभागि युवाहरुले वेरोजगार भत्ताले रोजगारी समस्याको समाधान नगर्ने भएकाले यसको सट्टामा युवाले रोजगारी पाउने खालको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनीहरुले नेपालको शिक्षा प्रणालीमा प्राविधिक शिक्षालाई प्राथमिकता दिएर व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
युवाहरुले अहिलेको खाकामा प्रस्तावित अनिवार्य सैनिक तालिमको प्रावधानलाई ऐच्छिक बनाउनुपर्ने माग गरेका छन् । कार्यक्रममा नेकपा एमालेका क्षेत्र नं २ का अध्यक्ष हरिराज कंडेलले युवाको सक्रियतावीना मुलुकको विकास असम्भव भएकाले हरेक क्षेत्रमा युवालाई सहभागि बनाएर निर्णायक तहसम्म पुर्याउने खालको संविधानको पक्षमा आफ्नो पार्टि रहेको बताउनुभयो ।
व्यास नगर जेसिजका अध्यक्ष अनिल श्रेष्ठले संविधानको प्रस्तावनामा युवालाई भविष्यको कर्णधार भनिएकामा त्यसलाई सच्याएर निर्णायक भनिनुपर्ने सुझाव दिनुभयो । उहाँले युवाको अधिकारको व्यवस्थाका साथै दायित्व र जिम्मेवारी पनि तोकिनुपर्नेमा जोड दिनुभयो ।
आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका सचिव सनम तामाङ र नेपाल मगर विद्यार्थि संघका गोम रानाले स्वरोजगार बनाउने खालको व्यवस्था हुनुपर्ने माग गर्दै संघीय सरकारको प्रमुख हुनका लागि ३५ बर्ष पुग्नुपर्ने प्रावधानमा संसोधन गर्दै ३० बर्ष पुर्याउनुपर्ने सुझाव दिनुभयो ।
नेपाल विद्यार्थि संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका सदस्य डोलराज रानाभाट,लियो क्लब अफ दमौलीका सचिव सरोज भण्डारी,विद्यार्थि शन्देश थापा लगायतले वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्नुभन्दा स्वदेशमै लगानीको वातावरण तयार पार्न युवाहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।
गैरसरकारी संस्था समन्वय समितिका दिपेन्द्र सापकोटाले युवालाई विकास कार्यमा पहुँच र सहभागिता बढाउनेखालको प्रावधान राखिनुपर्ने बताउनुभयो ।
आदिवासी जनजाति महासंघकी बसुन्धरा घर्ति,व्यास युवा क्लबका अध्यक्ष कुमार गुरुङ,वम बहादुर आले,दउनारायण आले,शुशिला थापा लगायतले शिक्षामा युवाको समान पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
क्याम्पस शिक्षा निशुल्क हुनुपर्ने उहाँहरुको धारणा थियो । कार्यक्रममा नेपाल बार एसोसिएसन तनहुँका उपाध्यक्ष ऋषिराम पोख्रेलले कार्यक्रममा संविधानका विभिन्न बिषयगत समितिको खाकामा रहेका युवासम्बन्धी हक अधिकारका बारेमा जानकारी गराउँदै सहभागिको धारणा शंकलन गर्नुभएको थियो ।
संविधानको मस्यौदा निर्माण हुनुपुर्व युवाहरुको सवाल समावेश गराउन दबाव दिने उद्धेश्यले कार्यक्रम गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक त्रिलोचन लम्सालले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका पवन पौडेलले सहजिकरण गर्नुभएको थियो ।