Responsive Ad Slot

latest

खोटाङका कैदी तथा थुनुवाद्वारा कारागार चलानको माग I

Sunday, April 15

/ by Admin BHOLA THAPA
सन्देश नाछिरिङ राई, 
 ३ बैशाख । खोटाङ खोटाङका कैदी तथा थुनुवाहरुले कारागार चलानको माग गरेका छन् । कैदी बन्दीले पाउने सेवा तथा सुविधाबाट बन्चित गरेको भन्दै कारागार चलानको माग गरेका हुन् । कारागार चलान गर्ने आदेश पाएको तीन महिनासम्म पनि आफुहरुलाई प्रहरी हिरासतमा राखेर कैंदीकातर्फबाट पाउने सेवा तथा सुविधा नदिएको उनीहरुको गुनासो छ । प्रहरीको हिरासतमा बस्दा आफुहरुलाई शौचालय जान, नुहाउन, खान र बस्न पनि समस्य भएको उनीहरुको गुनासो छ ।

 हिरासतबाट कारागारमा लैजान र आफ्नो सेवासुविधाबाट बञ्चित नगराउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय खोटाङमा उजुरी पनि परेको छ । तर कारागार नलगेसम्म उनीहरुले कैदीकारुपमा पाउने कुनै पनि सेवा तथा सुविधा नपाउने भएकाले तत्काल कारागार चलानको माग गरेको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI